logo bikalpa
११ आश्विन २०८०, बिहीबार
११ आश्विन २०८०, बिहीबार

शिशमहलको आम्दानीबाट वेदविद्याश्रम सञ्चालन

cropped-bs-author.jpeg
खगेन्द्र पराजुली
प्रकाशित मिति:
२१ फाल्गुन २०७९, आईतवार
Share it

नारायण शर्मा,
नवलपुर, फागुन २१ ।
पर्यटकीय स्थल त्रिवेणीधाममा रहेको शिशमहलको आम्दानीले सञ्चालित मुक्तिनाथ वेदविद्याश्रम स्कुल सञ्चालन हुँदै आएको छ । दैनिकजसो भारतबाट आउने धार्मिक पर्यटकले अवलोकन गर्ने शिशमहलको आम्दानी नै उक्त विद्यालयमा ७० जना विद्यार्थी पढाउने मुख्य स्रोत हो ।
त्रिवेणीस्थित गजेन्द्रमोक्ष धाममा शिशमहल र मुक्तिनाथ वेदविद्याश्रम रहेको छ । उनीहरूको आवास र अध्ययन निःशुल्क रहेको छ । संस्कृतसमेत पढाइ हुने भएकाले देशका विभिन्न स्थानका विद्यार्थी यस वेदविद्याश्रममा अध्ययनरत छन् । शिशमहल हेर्न नेपाली र भारतीयले २४ रुपैयाँको टिकट काट्नुपर्ने व्यवस्था छ ।
सार्वजनिक बिदा र चाडपर्वमा दर्शनार्थीहरूको घुइँचो लाग्ने गरेको मुक्तिनाथ वेदविद्याश्रमका सञ्चालक स्वामी कृष्ण प्रपन्नाचार्य बताउँछन् ।
माघे औंसी, चैतेदसैं, माघेसंक्रान्ति, माघेऔंसीमा एकै दिन दसौं हजारले शिशमहल अवलोकन गर्ने गर्छन् । गत माघेऔंसीमा एकै दिन १० हजारभन्दा बढी दर्शनार्थीले शिशमहल अवलोकन गरेको उनले बताए ।
भारतको महाराजगन्जबाट आइतबार शिशमहल अवलोकनका लागि आएका वीरनाथ करलाले त्रिवेणीधामप्रति भारतीयहरूको उत्तिकै श्रद्धा र विश्वास रहेकाले आफू परिवारसहित यहाँ आएको सुनाए । उनले शिशमहलको बारेमा भारतमा समेत चर्चा रहेकाले आफू लोभिएको सुनाए । वर्षौंदेखिको यहाँ आउने धोको पूरा भएको उनले सुनाए ।
स्रोतः ई–कान्तिपुर

सम्बन्धित समाचारहरु

विकल्प संदेश 

सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित

सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com

संचालक :- उत्सव आचार्य 

प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली

 


समाचार
थप जानकारी
प्रतिलिपि अधिकार ©२०२१ विकल्प नवलपुर मिडिया प्रा. लि, सर्वाधिकार सुरक्षित
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram