logo bikalpa
११ आश्विन २०८०, बिहीबार
११ आश्विन २०८०, बिहीबार

नवलपुरमा एमालेको मिसन ग्रासरुटः बैठक–भेला जारी

cropped-bs-author.jpeg
खगेन्द्र पराजुली
प्रकाशित मिति:
२१ फाल्गुन २०७९, आईतवार
Share it

खगेन्द्र पराजुली,
नवलपुर, फागुन २१ ।
देशब्यापी जारी एमालेको मिसन ग्रासरुट अभियान अन्तरगत नवलपुरमा पालिका तहमा बैठक–भेला चलेका छन्् ।
अभियान अनुसार आईतवार आयोजित कावासोती नगर कमिटिको बैठकमा मिसन ग्रसारुटका सन्दर्भमा अतिथि नेता तथा जिल्ला तहका नेताहरुले स्पष्ट पारेका थिए ।
पार्टी संगठन सुदृढिकरण तथा संगठन बिस्तार केन्द्रित अभियान पार्टीका गतिविधिलाई अझ शसक्त र बलियो वनाएर लैजाने जिल्ला कमिटि अध्यक्ष मुक्तिराम पाण्डेले बिश्वास ब्यक्त गरे ।
अध्यक्ष पाण्डेले पार्टीको चुनौतीको रुपमा रहेको दक्षिणपन्थी अवसरवाद र साङ्गठनिक अराजकताको अन्त्यका लागि पनि मिसन ग्रासरुट अभियानले महत्वपूर्ण भूमिका खेल्ने बताए ।
फागुन १३ गते जिल्ला कमिटीको बैठकले अभियानलाई सम्पन्न गर्न वडातहसम्म जिम्मेवारी तोकिएको जिल्ला सचिव भीमलाल अधिकारीले बताएका छन् ।
जिल्लाका आठै पालिकामा सञ्चालन गरिने अभियान अन्तरगत अहिलेसम्म कावासोती सहित देवचुली, गैंडाकोट, बौदिकाली, हुप्सेकोटका पालिका कमिटिको बैठक–भेला सम्पन्न भएको अधिकारीले बताएका छन् । ्
मिसन ग्रासरुटका लागि नवलपुरमा केन्द्रीय सदस्य भिम कार्की तथा केन्द्रीय लेखा आयोग सदस्य तथा गण्डकी प्रदेश साँसद पदमा जिसी, गण्डकी प्रदेश कमिटी सदस्य शोभियत ढकाल लगायतका नेताहरु तोकिएका छन् ।
नेकपा एमालेले फागुन र चैत दुई महिना ७७ वटै जिल्लामा एकसाथ मिसन ग्रासरुट अभियान सञ्चालन गर्ने गरी कार्यक्रमलाई निरन्तरता दिईराखेको छ ।

सम्बन्धित समाचारहरु

विकल्प संदेश 

सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित

सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com

संचालक :- उत्सव आचार्य 

प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली

 


समाचार
थप जानकारी
प्रतिलिपि अधिकार ©२०२१ विकल्प नवलपुर मिडिया प्रा. लि, सर्वाधिकार सुरक्षित
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram