खगेन्द्र पराजुली,
नवलपुर, फागथुन २३ ।
१ सय १३ औं नारी दिवसको अवसरमा भोलि बुधवार देवचुली नगरपालिकाको वडा नं. ९ मा सचेतना र्याली, ज्येष्ठ आमा सम्मान तथा महिला हाजिरीजवाफ प्रतियोगिता हुने भएको छ ।
बिशालटारको कालिका माविमा वृहत सहभागितामा आयोजना हुने विविध गतिविधि अन्तरगत बिहान साढे १० बजे आमा समूहहरुको पोशाक, झाँकी र ब्यानरका साथै बिभिन्न सचेतनामूलक प्लेकार्ड सहितको सचेतना र्याली निकालिने समुन्नत महिला कृषक समूहकी अध्यक्ष तारादेबी काफ्ले भुसालले जानकारी दिईन् ।
करीव आधा घण्टा समयको रुटमा र्याली प्रदर्शनपछि बिद्यालयको परिसरमा ८० बर्ष माथीका ज्येष्ठ आमा सम्मान कार्यक्रमका साथै महिला एवं महिला कृषक तथा आमा समूहहरुका सहभागीवीच हाजिरी जवाफ प्रतियोगिता सञ्चालन हुने उनले जानकारी दिईन्् ।
समुन्नत महिला कृषक समूहको आयोजना तथा गण्डकी आमा समूह र बिशालटार महिला कृषक समूहको सह–आयोजनामा हुने कार्यक्रमलाई देवचुली नगरपालिका तथा वडा नं. ९ कार्यालयले समन्वय गरेको छ । बिशेष अवस्था बाहेक कार्यक्रममा प्रमुख आतिथ्यता देवचुली नगरपालिका उपप्रमुख पार्वता तिवारीको रहने आयोजक संस्थाकी अध्यक्ष भुसालले बताईन् ।
साविकको देवचुली हाल देवचुली नगरपालिकाका वडा नं. ६, ७, ८ र ९ का संयुक्त सहभागितामा हुने कार्यक्रमका लागि सवै वडामा सूचना प्रवाह भएकाले सम्मान तथा प्रतियोगितामा धेरैभन्दा धेरै सहभागिताका लागि पनि भुसालले आग्रह गरेकी छन् ।
प्रतियोगितामा हाजिरीजवाफतर्फ प्रथम हुने समूहलाई ५ हजार रुपैयाँ, द्वितीयलाई ३ हजार, तृतीयलाई २ हजार र सान्त्वना स्वरुप १ हजार रुपैंया पुरस्कार रहेको छ ।
सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित
सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com
संचालक :- उत्सव आचार्य
प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली