खगेन्द्र पराजुली, नवलपुर, फागुन २४ ।
नारायणी नदीको किनारमा बेवारिसे शव फेला परेको छ । मंगलवार राती कावासोती न.पा.-१५ बाघखोर स्थित नदी किनारमा शव देखिएको सुचनाका आधारमा कोल्हुवा प्रहरी चौकीको टोली राती नै स्थल पुगेको थियो ।
प्रहरीका अनुसार नदी किनारमा बाढीले बगाएर ल्याएको जरामा अड्किएको अवस्थामा रहेको शव अन्दाजी ४०-४५ बर्ष कि महिलाको जस्तो देखिएको जनाईएको छ ।
सडेगलेको अवस्थामा रहेको र रातिको समय भएकाले पनि लिङ्ग पहिचान गर्न अप्ठ्यारो भएकाे जनाईएको छ । अहिले जिल्ला प्रहरी कार्यालय सहितको अनुसन्धान टोली शव भेटिएको स्थलतर्फ जाँदै गरेको छ ।
फोटोः प्रहरी चौकी, कोल्हुवा ।
सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित
सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com
संचालक :- उत्सव आचार्य
प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली