logo bikalpa
१८ मंसिर २०८०, सोमबार
१८ मंसिर २०८०, सोमबार

नारी दिवसमा बिशालटारमा २३ आमा सम्मानित

cropped-bs-author.jpeg
खगेन्द्र पराजुली
प्रकाशित मिति:
२५ फाल्गुन २०७९, बिहीबार
Share it

खगेन्द्र पराजुली, नवलपुर, फागुन २५ ।

१ सय १३ औँ अन्तराष्ट्रिय श्रमिक महिला दिवस‌का अवसरमा देवचुली- ९ मा विविध गतिविधि भए ।

समुन्नत महिला कृषक समुहको आयोजना गण्डकी आमा समूह र विशालटार महिला कृषक समूहको सह आयोजनामा सचेतना रयाली, ज्येष्ठ आमा सम्मान तथा हाजिरी जवाफ प्रतियोगिता लगायतका गतिविधि सहित महिलाहरूले दिवस मनाएका हुन् ।

देवचुली नगरपालिका र वडा नं. ९ समेतको समन्वय रहेको उक्त कार्यक्रममा प्रमुख अतिथिका रूपमा रहेकी नगर उपप्रमुख पार्वता तिवारीले महिलाहरू पछिल्लो समय घरायसी कामकाज वाट अलि फरक ढंगले सामाजिक राजनैतिक तथा रूची अनुसारका अन्य क्षेत्रमा नेतृत्व गर्ने  परिपाटीको विकास भएको वताइन्। तिवारीले अझै पनि महिलाले पाउनुपर्ने समानता, न्याय, सहभागिता जस्ता विषयत्रा पहुच पुग्न नसकेको भन्दै महिला आफैले पनि हस्तक्षेप गर्न परे पछि नहट्न सुझाइन् ।

वडाध्यक्ष वलिराम सापकोशटाले महिला शसक्तिकरण र उत्पादन तथा आयआर्जनमा सहभागिता बढाउन वडाले गर्नुपर्ने सहयोगका लागि सहकार्य गर्ने बताए ।

८० वर्ष नाघेका २३जना ज्येष्ठ आमालाई कार्यक्रममा टीका, खादा र नगद सहित सम्मान गरिएको थियो ।

आठ समूह सहभागी हाजिरीजवाफ प्रतियोगितामा छहारी कृषक समूह प्रथम, देवचुली प्रगतिशील कृषि महिला समूह दोस्रो र देवचुली आमा समूह तृतीय भए। विजयी समूहले नगर पुरस्कार  प्राप्त गरे ।

साविक देवचुली गाविस क्षेत्र अर्थात् वडा नं. ६,७, ८, र ९ स्तरीय कार्यक्रम भनिए पनि अन्य बड‌ाबाट उपस्थिति नहुँदा कार्यक्रममा वडा नं. ९ का ज्येष्ठ आमा सम्मानित भए भने वडा नं. ९ कै महिला समूहहरुले प्रतियोगितामा भाग लिएका थिए ।

विशालटार महिला कृषक समूहकी अध्यक्ष लक्ष्मी पौडेलको अध्यक्षता तथा समुन्नत महिला कृषक समूहकी अध्यक्ष तारा काफ्ले मुसालको सञ्चालनमा भएको कार्यक्रममा स्वागत गण्डकी आमा समूहकी अध्यक्ष पुष्पा भटराई ले गरेकी थिईन् ।

 

सम्बन्धित समाचारहरु

विकल्प संदेश 

सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित

सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com

संचालक :- उत्सव आचार्य 

प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली

 


समाचार
थप जानकारी
प्रतिलिपि अधिकार ©२०२१ विकल्प नवलपुर मिडिया प्रा. लि, सर्वाधिकार सुरक्षित
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram