logo bikalpa
११ आश्विन २०८०, बिहीबार
११ आश्विन २०८०, बिहीबार

देवचुलीमा हिंसा न्यूनीकरणमा आमा समुहका सदस्यहरुको भुमिका सम्वन्धि अनुशिक्षण

cropped-bs-author.jpeg
खगेन्द्र पराजुली
प्रकाशित मिति:
२५ फाल्गुन २०७९, बिहीबार
Share it

खगेन्द्र पराजुली,
नवलपुर, फागुन २५ ।
देवचुलीमा हिंसा न्यूनीकरणमा आमा समुहका सदस्यहरुको भुमिका सम्वन्धि अनुशिक्षण कार्यक्रम भएको छ ।
वडा नं. १० पृथ्वीनगरको लोकाहास्थित शान्तिदीप युवा क्लवको सभाहलमा आयोजित कार्यक्रममा बालबालिका, किशोरी र महिलाका क्षेत्रमा क्रियाशील संघसंस्थाका प्रतिनिधिले अनुभव र स्थिति सहितका विषयबस्तुमाथी चर्चा गरेका थिए ।
कार्यक्रमको शुरुवातीमा बालबालिका तथा किशोरीका सवालमा क्रियाशील जागृति बाल तथा युवा सरोकार नेपालका तर्फबाट सहजकर्ता राधादेवी बोटेले सहजीकरण गरेकी थिईन् ।
बोटेले देवचुली र कावासोती नगरपालिकामा अभियान केन्द्रित किशोरी सशक्तीकरण कार्यक्रमले घरपरिवार, समाज हुदै विद्यालयमा समेत पारेको सकारात्मक प्रभाव र अनुभव सुनाईन् ।
कार्यक्रमले किशोरीको आत्मबिश्वास, क्षमता वृद्धि, आत्मरक्षा, सहभागिता, नेतृत्व बिकास लगायतका क्षेत्रमा देखिएका परिवर्तनमा चर्चा गरिन् ।
दोस्रो चरणमा जागृती बाल तथा युवा सरोकार नेपालका महासचिव दिपक शर्माले कार्यक्रमको औचित्य र उदेश्यबारे जानकारी गराएका थिए ।
उनले महिला, वालबालिका र किशोरीका सवालमा गरिने लगानी र शशक्तिकरणका अभियानले समाजलाई भविश्यसम्म सुसंस्कृत समाज निर्माणमा मदत पुग्ने बताए ।
अनुशिक्षणमा सहजीकरणका लागि आएकी जिल्ला प्रहरी कार्यालयका तर्फबाट महिला बालबालिका सेलका प्रमुख विन्दु वि.कले जिल्लाको महिलासँग सम्वन्धित मुद्धाको तथ्याङ्कगत स्थिति, प्रकृति, मृद्धा निराकरणका प्रक्रिया, चुनौती, समाधान, घटना तथा मुद्धा न्यूनीकरणमा अभिभावकदेखी सामाजिक कार्यकर्ताको भूमिका, स्वभाव, दैनन्दिनी गतिविधिका साथै आधारभूत कानूनी शिक्षाका विषयमा प्रशिक्षण गरिन् ।
बालमैत्री परामर्शदाता खिमानन्द भुसालले महिला सहभागिता, सक्रियता, शिक्षा, अर्थोपार्जन, श्रोतको ब्यवस्थापनका साथै सामाजिक घटना रसामान्य पारिवारिक उल्झनको सहजीकरणका विषयमा सेद्धान्तिक तथा ब्यवहारिक ज्ञान प्रस्तुत गरेका थिए ।
वडाअध्यक्ष रेप्ती कुमार घर्ती मगरको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य जनप्रतिनिधि, वडाभित्रका आमा समूहका पदाधिकारी प्रतिनिधि, वाल तथा युवा क्लव–सञ्जालका पदाधिकारी टोल विकास संस्थाका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचारहरु

विकल्प संदेश 

सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित

सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com

संचालक :- उत्सव आचार्य 

प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली

 


समाचार
थप जानकारी
प्रतिलिपि अधिकार ©२०२१ विकल्प नवलपुर मिडिया प्रा. लि, सर्वाधिकार सुरक्षित
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram