logo bikalpa
११ आश्विन २०८०, बिहीबार
११ आश्विन २०८०, बिहीबार

बैशाखमा नवलपुरका आठै पालिका पूर्ण खोप पालिका घोषणा गर्ने प्रतिवद्धता

cropped-bs-author.jpeg
खगेन्द्र पराजुली
प्रकाशित मिति:
२६ फाल्गुन २०७९, शुक्रबार
Share it

खगेन्द्र पराजुली, फागुन २६ ।

स्वास्थ्य कार्यालय नवलपुरले जिल्लास्तरको एक दिने गोष्ठी सम्पन्न गरेको छ । देवचुलीको दलदलेमा बिहीवार स्थानीय तह प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत र स्वास्थ्य शाखा प्रमुख लक्षित गोष्ठी गरेको हो ।

जिल्ला समन्वय समितिका अध्यक्ष बाबुराम विश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला स्तरमा पूर्णखोप कार्यक्रमको समिक्षा तथा पूर्ण खोप दिगोपना र सरसफाई प्रवद्र्धन सम्वन्धि अभिमुखीकरण र दिगोपना सम्वन्धि अन्तरक्रियात्मक छलफल भएको थियो ।
राष्ट्रिय गाउँपालिका महासंघकी अध्यक्ष एवं हुप्सेकोट गाउँपालिका अध्यक्ष विष्णुदेवी पाण्डे, गैंडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारी, देवचुली नगरपालिकाका नगर प्रमुख हरिप्रसाद न्यौपाने एवं विनयी त्रिवेणी गाउँपालिकाका अध्यक्ष घनश्याम गिरी, प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साल, सुरक्षा निकायका प्रमुखहरु तथा पालिकाका प्रमुख प्रशासकीय अधिकृत समेतले सहभागिता जनाएका कार्यक्रममा आठै पालिकाका स्वास्थ्य शाखाका प्रमुख तथा प्रतिनिधिको उपस्थिति रहेको थियो ।
अभिमुखीकरण तथा गोष्ठीमा डिजिटल पत्र तथा स्वास्थ्य स्थितिको तथ्याङ्क प्रस्तुति स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशवप्रसाद चापागाईले गरेका थिए ।
स्वास्थ्य कार्यालय प्रमुख चापागाईले स्थानीय तह स्तरीय अस्पतालका सन्दर्भमा सञ्चालन हुन नसकेका पालिकाले चासो राख्न आग्रह गरे । उनका अनुसार विनयी त्रिवेणी, बौदीकाली र बुलिङटारमा पालिका अस्पताल सञ्चालन नहुदा स्थानीय सेवाग्राहीले स्वास्थ्य पहुँचको अनुभूति गर्न नपाएको स्वीकारे ।
बौदीकाली को डेडगाउँ स्वास्थ्य केन्द्रमा १६ शैयाको अस्पताल सञ्चालनको तयारीमा रहेको बताए । यस्तै, विनयी त्रिबेणी र बुलिङटारमा जग्गा प्राप्तिका लागि प्रक्रिया बनेको चापागाईको भनाई छ ।
दुम्किबास स्वास्थ्य चौकीलाई विनयीत्रिवेणीको र बुलिङटार प्राथमिक स्वास्थ्य केन्द्रलाई बुलिङटारको पालिका स्तरीय अस्पताल स्तरोन्नति गर्ने प्रक्रिया रहेको सुनाए ।
कार्यक्रममा सहभागी जनप्रतिनिधि लगायत प्रमुख प्रशासकीय अधिकृत एवं स्वास्थ्य प्रमुखहरुले आउँदो २०८० सालको बैशाख महिनामा आ–आफ्नो पालिकालाई पूर्ण खोप प्राप्त पालिकाका रुपमा घोषणा गर्ने गरी अभियान चलाउने प्रतिवद्धता जनाएका कार्यक्रमको सहजीकरण गरेका स्वास्थ्य कार्यालयका खोप फोकल पर्सन खरेलप्रसाद चौधरीले जानकारी दिएका छन् ।
यसैबीच, आर्थिक वर्ष ०७८–०७९ को समग्र स्वास्थ्य स्थितिको सूचकहरुको प्रदेश स्तरीय मुल्यांकनमा जिल्लामा उत्कृष्ट सूचीमा परेका तीन पालिकालाई स्वास्थ्य कार्यालयले सम्मान गरेको छ । प्रदेशकै ८५ मध्ये  ११ औं स्थितिमा रहदै जिल्लामा उत्कृष्ट बुलिङटार, दोस्रोमा देवचुली र तेस्रो स्थितिमा रहेको गैंडाकोट नगरपालिकालाई सोही अवसरमा स्वास्थ्य कार्यालयले प्रमाणपत्र प्रदान गरेको हो ।

सम्बन्धित समाचारहरु

विकल्प संदेश 

सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित

सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com

संचालक :- उत्सव आचार्य 

प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली

 


समाचार
थप जानकारी
प्रतिलिपि अधिकार ©२०२१ विकल्प नवलपुर मिडिया प्रा. लि, सर्वाधिकार सुरक्षित
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram