logo bikalpa
१८ मंसिर २०८०, सोमबार
१८ मंसिर २०८०, सोमबार

अपांगलाई रोजगारका अवसर चाहियो

cropped-bs-author.jpeg
खगेन्द्र पराजुली
प्रकाशित मिति:
२८ फाल्गुन २०७९, आईतवार
Share it

खगेन्द्र पराजुली, नवलपुर, फागुन २८ ।

अपाङ्‌गता भएका व्यक्तिहरुले र उनीहरूका अभिभावकहरूले सहानुभूति नभई रोजगार र अवसर चाहिएको बताएका छन् । नवलपुरको देवचुलीगा आठै पालिकाबाट प्रतिनिधित्व हुने गरी सहभागी भएका अपाङ्‌गता भएका तथा उनीहरुलाई ल्याएका अभिभावकले यस्तो बताएका हुन् ।

द लेप्रोसी मिसनद्वारा सञ्चालित अमङ्‌गता भएका व्यक्तिको रोजगार प्रवर्द्धन परियोजना र कोपिला नेपालको  सहयोग र अपांग  पुनस्थापना केन्द्र नवलपरासीको आयोजनामा भएको अपाङ्‌गता र रोजगार विषयक छलफलमा तीन वटा सन्दर्भलाई मुख्य जोड दिइएको थियो ।

कार्यक्रममा अपाङ्‌गता भएका मानिस‌को व्यवसायिक क्षमताको लेखाजोखा र सम्भाब्य ब्यवसायको पहिचानलाई प्रमुख रुपमा राखिएको अपांगताका क्षेत्रमा क्रियाशील दिनेश भुसान बताउँछन् ।

भुसालले जिल्लाका आठै पालिकाबाट अपाङ्गताको क्षेत्रमा लगानी भएको देखिए पनि यसको परिणाममुखी नतिजा नदेखिएकोले एकिकृत प्रणालीमा रहेर लगानी खर्चको निति बनाउदै ब्यवसायमुखी बनाउनुपर्ने सुझाए।

अपाङ्‌गता भएका व्यक्तिहरुको रोजगार प्रबर्द्धन परियोजनाका निर्देशक चिरञ्जीवी शर्माले  समाजका यस्ता ब्यक्तिहरुको जीवन स्तरका साथै आर्थिक स्तर उकास्नका निम्ति परियोजनाको परिकल्पना भएकाले यस अगाडी भैरहेका अभ्यासलाई  नदोहोर्याउने  स्पष्ट पारे।

उनले देखाउनका लागि कार्यक्रम नभई वास्तविक रूपमै उपलब्धि केन्द्रित योजनामा जोड्न व्यवसायिक क्षमता र पहिचानका लागि छलफल भएको बताए।

विनयी त्रिवेणी -५ सर्दीका भीमवहादुर गाहाले सजिलो र ब्यवसायिक कृषि मौरी पालनतर्फ अपाङ्‌ता भएकालाई जोड्न सकेमा रोजगारीकाे आकर्षण बन्न सक्ने भनाई राखेका छन् ।

आमाबाबु नभएका परिवारमा आफू सहित तीन दाजु-भाई दिदी बैनी समेत अपाङ्ग रहेका गाहाले मगर समुदायमा हाडनाता विवाह, उमेर नपुगी बच्चा जन्माउने जस्ता सामाजिक  कुरितिका कारण धेरैजसो मगर समुदायमा जन्मदै अपाङ्‌गता भएका शिशु जन्मने गरेको तितो सत्य सुनाए ।

गैंडाकोटरा यदुनाथ सिग्देलले नेपाली कागज उत्पादनलाई जोड दिन सके यसको ठुलो वजार नेपालमै रहेको र वेरोजगारीको आंशिक समस्या समाधान हुने प्रस्ताव गरे।

छलफलमा अपाङ्‌गता भएका ब्यक्तिहरूको साझा (संयुक्त) लगानीमा विक्रीका लागि शुरुमा कावासोतीमा मार्टको परिकल्पना रहेको र क्रमशः आठै पालिकामा विस्तार गर्ने योजना छलफलको विषय बनेको जनाईएको छ।

अपाङ्‌गता भएका व्यक्तिको आयस्तरमा वृद्धि गर्ने र आत्मनिर्भर बनाउने उद्देश्य सहित अपाङ्गता भएका व्यक्तिले उत्पादन गरेका वस्तु   प्राथमिकतामा राख्दै ग्राहक  एवं उपभोक्ताका आवश्यकताका वस्तुहरू समेतको बिक्री केन्द्रको परिकल्पना रहेको दिनेश भुसाल बताउँछन् ।

कार्यक्रममा जिल्लाका फरक-फरक शारीरीक क्षमताका अपाङ्गता सँग सम्बन्धित संघ संस्थाका पदाधिकारी प्रतिनिधिले समन्वयात्मक सहभागिता जनाएका थिए।

सम्बन्धित समाचारहरु

विकल्प संदेश 

सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित

सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com

संचालक :- उत्सव आचार्य 

प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली

 


समाचार
थप जानकारी
प्रतिलिपि अधिकार ©२०२१ विकल्प नवलपुर मिडिया प्रा. लि, सर्वाधिकार सुरक्षित
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram