logo bikalpa
१८ मंसिर २०८०, सोमबार
१८ मंसिर २०८०, सोमबार

जटायु रेष्टुरेण्टः गिद्धको मुख्य बासस्थान

cropped-bs-author.jpeg
खगेन्द्र पराजुली
प्रकाशित मिति:
२८ फाल्गुन २०७९, आईतवार
Share it

खगेन्द्र पराजुली,
नवलपुर, फागुन २८ ।
लोपोन्मुख अवस्थामा रहेको प्रकृतिकै कुचिकार पंक्षी गिद्धको संरक्षण केन्द्रको रुपमा प्रख्यात नवलपुरको जटायु रेष्टुरेण्टबाट शनिवार १० वटा गिद्ध प्रकृतिमा छाडिएको छ ।
कावासोतीको पिठौलीस्थित नमुना मध्यवर्ती सामुदायिक वनमा अवस्थित जटायु रेष्टुरेण्ट ब्यवस्थापन समितिद्धारा सञ्चालित गिद्ध संरक्षणस्थलमा दुर्लभ गिद्धका विभिन्न प्रजातिका गिद्धलाई बथान–समूहमा घुलमिल गराई प्रकृतिमा छाड्ने गरिन्छ ।
चितवन राष्ट्रिय निकुञ्ज कसरामा रहेको गिद्ध प्रजनन् केन्द्रमा हुर्काइएका १० वटा गिद्ध एक कार्यक्रमकाबीच प्राकृतिक बासस्थानमा छोडिएको हो ।
कार्यक्रममा बन–बातावरण, पंक्षीसँग सम्वन्धित राष्ट्रिय अन्तराष्ट्रिय संरक्षणकर्मी–सरोकारवाला, जनप्रतिनिधि–पत्रकारसहितको टोलीले प्रकृतिमा छोडिएको अवस्थाको अवलोकन समेत गरेका थिए ।
गत कात्तिक १७ गते चितवन राष्ट्रिय निकुञ्जबाट जटायु रेस्टुरेण्टको खोरमा ल्याएर राखिएका डंगर जातका १० गिद्धलाई प्रकृतिमा छाडिएको रेष्टुरेण्ट ब्यवस्थापन समितिका अध्यक्ष डिबी चौधरीले बताए ।
विंसं. २०६३ सालको भदौमा स्थापना भई निरन्तर गिद्ध संरक्षण गर्दै आएको जटायु रेष्टुरेण्टबाट अहिलेसम्म ६९ वटा गिद्धलाई प्राकृतिक बासस्थानमा छाडिएको चौधरीले बताए । ति सवै कसरा प्रजनन केन्द्रमा हुर्काएर जङ्गलमा छाडिएको हो ।
कसराको प्रजनन् केन्द्रमा जालीभित्र गुँड बासस्थान बनाई पालिएका माउ गिद्धबाट कोरलिएका बच्चा सहित वयस्क गिद्धलाई ३ देखी ६ महिनासम्म फेरी पिठौलीस्थित जटायुमा जालीभित्रै राखेर बाहिरी गिद्धसँग घुलमिल गराई प्राकृतिक रुपमा बाहिरी बातावारणमा छाडिएको हो ।
नेपालभर १५ हजार संख्याको हाराहारीमा गिद्ध रहेको बताउँदै चौधरीले जटायु रेष्टुरेण्ट वरपर ५ सय ११ गिद्ध गणना भएको पछिल्लो तथ्याङ्क रहेको सुनाए ।
नेपालमा ९ प्रजातिका गिद्ध रहेकामा पिठौलीमा मात्रै ८ प्रजातिका गिद्ध रहेका छन् । यहाँका गिद्धको बेला–बेलामा प्राविधिकद्धारा स्वास्थ्य अवस्थाको बारेमा जानकारी राखिने र यसरी प्रकृतिमा मिसाउँदा उनीहरुको आनीवानी, शारीरिक तथा स्वास्थ्यको स्थिति परिक्षण–अनुसन्धानपछि मात्रै छाडिएको चौधरी बताउँछन् ।
नेपालबाट सुरु गरिएको गिद्ध प्रजनन केन्द्र र जटायु रेष्टुरेन्ट प्रोजेक्ट संसारमै सफल मानिएको छ । जटायु रेष्टुरेण्टले सञ्चालन गरेको गिद्ध संरक्षण केन्द्र संरक्षणका लागि मात्रै नभएर पंक्षी–बातावरणसँग सरोकार राख्ने आन्तरिक तथा वाह्य पर्यटकको आकर्षणको केन्द्र समेत बन्दै गएको छ ।

सम्बन्धित समाचारहरु

विकल्प संदेश 

सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित

सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com

संचालक :- उत्सव आचार्य 

प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली

 


समाचार
थप जानकारी
प्रतिलिपि अधिकार ©२०२१ विकल्प नवलपुर मिडिया प्रा. लि, सर्वाधिकार सुरक्षित
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram