logo bikalpa
११ आश्विन २०८०, बिहीबार
११ आश्विन २०८०, बिहीबार

गर्भवती महिलाको उद्धारमा जिससको बाहन

cropped-bs-author.jpeg
खगेन्द्र पराजुली
प्रकाशित मिति:
२८ फाल्गुन २०७९, आईतवार
Share it

खगेन्द्र पराजुली, फागुन २८ ।

जिल्ला समन्वय समिति नवलपुरका प्रमुख बावुराम विश्वकर्माले जटिल प्रसव पीडाकी महिलालाई अस्पताल पुरयाउन आफ्नो साधन पठाए ।

देवचुली -९ विशालटारमा भाडामा बस्दै आएकी २६ वर्षीया रिमा चितौरेलाई छिटो अस्पताल पुर्याउन आफू चढेको गाडी छोडिदिएका हुन् ।

सुत्केरी हुन देवचुली स्वास्थ्य चौकी पुगेकी रिमाको प्रसव पीडा जटिल रहेकोले स्वास्थ्यकर्मी सहितको टोलीको सहायतामा मध्यबिन्दु जिल्ला अस्पताल ल्याईएको हो ।

ग १ झ ५८६ नं. को गाडीमा दुम्कौली अस्पतालका सिअहेव गणेश न्यौपाने, देवचुली स्वास्थ्य चौकीका हेअ देवीप्रसाद भुसाल र सिअनमी मञ्जु पंगेनी रानाले स्वास्थ्य चौकीको रेफर सहित जिल्ला अस्पताल पुर्याएका छन् । अहिले रिमाको उपचारमा अस्पतालका चिकित्सक जुटेका छन्। उनको अवस्था गम्भीर छ।

 

सम्बन्धित समाचारहरु

विकल्प संदेश 

सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित

सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com

संचालक :- उत्सव आचार्य 

प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली

 


समाचार
थप जानकारी
प्रतिलिपि अधिकार ©२०२१ विकल्प नवलपुर मिडिया प्रा. लि, सर्वाधिकार सुरक्षित
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram