logo bikalpa
११ आश्विन २०८०, बिहीबार
११ आश्विन २०८०, बिहीबार

विरामीसंग शर्त नराखौं- शशांक कोइराला

cropped-bs-author.jpeg
खगेन्द्र पराजुली
प्रकाशित मिति:
२८ फाल्गुन २०७९, आईतवार
Share it

खगेन्द्र पराजुली, नवलपुर, फागुन २८ ।

नेपाली काँग्रेसका नेता एवं सांसद डा. शशांक कोइरालाले विरामीको निस्वार्थ उपचार सेवा गर्नु नै डाक्टरको धर्म भएको बताएका छन् । नवलपुरको जिल्ला अस्पताल मध्यविन्दु जिल्ला अस्पताल स्थापनाको चौथो वार्षिकोत्सव तथा सम्मान कार्यक्रममा वोल्ने क्रममा उनले यस्तो बताएका हुन् ।

कोइरालाले अस्पतालको मुटु भनेकै डाक्टर र तिनका काम भएको भन्दै डाक्टरले स्वार्थ रहित भावनाले म डाक्टर भन्ने सपथ लिनुपर्ने बताएका हुन् । उनले विरामीसंग शर्त नराखी सेवा गर्न सुझाए ।

डा. कोइरालाले आफू स्वास्थ्य सेवा क्षेत्रवाटे आएकाले प्रधानमन्त्री भएर गर्ने सामाजिक सेवा भन्दा डाक्टर भएर गरेको सेवावाट सन्तुष्टि मिल्ने धारणा राखे । मध्यविन्दु जिल्ला अस्पतालको प्रमुख समस्या र आवश्यकताका रुपमा रहेको जमिन व्यवस्थापन र अपुरो डायलासिस प्रविधिको व्यवस्थापनमा पहल गर्ने प्रतिवद्धता गरे। उनले भने- यो अस्पतालको प्रगति प्रतिवेदन राम्रै छ तर यो भन्दा पनि ठूलो छलाङ मार्नुपर्ने छ । यहाँ जग्गाको समस्या छ । त्यसमा मेरो ध्यान आकर्षित भएको छ मैले जग्गाको वारेमा फर्किने वित्तिकै तुरून्तै केही न केही गर्छु। यहाँ डायलासिस मसिन ४ वटा छन् तर विरामी धेरै छन् त्यसैले डायलासिसतर्फ पनि मेरो ध्यान जान्छ।"

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बालकृष्ण घिमिरेले स्थापना कालमा ५५ शैयाको अनुमति प्राप्त अस्पताल पछि जिल्ला अस्पतालमा रुपान्तरित भएपश्चात १५ वेड मात्र स्वीकृत हुनु र अरु सबै ब्ययभार समितिमा निहित हुनु आफैमा वोझिलो भएको गुनासो गरे। उनले स्वास्थ्यका सूचकांकलाई हेदी १ सय बेडको स्वीकृती तत्काल पाउनुपर्ने देखिए पनि सम्वन्धित निकायवाट सो निर्णय हुन नसकेको सुनाए । घिमिरेले अस्पतालको क्षमता, स्तर वृद्धिमा सकारात्मक सहयोगका लागि आग्रह गरे।

गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल लगायत जिल्लास्थित सरकारी कार्यालयका प्रमुख- प्रतिनिधि, राजनैतिक दल तथा संघ-साथाका प्रतिनिधि लगायतको उपस्थितिमा सम्पन्न कार्यकमको सञ्चालन जनस्वास्थ्य अधिकृत एवं  अस्पतालका सुचना अधिकारी छविलाल सुवेदीले गरेका थिए ।

२०६४ साल मंसीर २९ गते मध्यविन्दु सामुदायिक स्मृति अस्पतालका रूपमा सञ्चालनमा आए‌को यस अस्पतालले २०७५ फागुन २८ गते जिल्ला अस्पतालको रूपमा स्वीकृति पाएको हो। -

१५ वेड स्वीकृत पाएको यस अस्पतालले आन्तरीक सोतमा अहिले पनि ५० बेडमा सेवा सञ्चालन गरेको छ ।

अस्पतालको निर्माणाधिन भवन सम्पन्न  नहुनु, जनशक्तिको अभाव हुनु, ओजार उपकरणको अभाव  र भएकाको मर्मत संभार गर्न चुनौती रहेको अस्पतालका मेसु डाक्टर जितेन्द्र कण्डेल बताउछन् ।

सम्बन्धित समाचारहरु

विकल्प संदेश 

सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित

सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com

संचालक :- उत्सव आचार्य 

प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली

 


समाचार
थप जानकारी
प्रतिलिपि अधिकार ©२०२१ विकल्प नवलपुर मिडिया प्रा. लि, सर्वाधिकार सुरक्षित
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram