logo bikalpa
११ आश्विन २०८०, बिहीबार
११ आश्विन २०८०, बिहीबार

विषाक्त सिनोको आशंका : ६ गिद्ध मरे, ४ विरामी

cropped-bs-author.jpeg
खगेन्द्र पराजुली
प्रकाशित मिति:
२९ फाल्गुन २०७९, सोमबार
Share it

खगेन्द्र पराजुली, नवलपुर, फागुन २९ ।

कावासोतीमा ६ वटा गिद्ध मरेका छन् । विषाक्त सिनोलाई आहारा बनाउँदा ति गिद्ध मरेका हुन्। पछिल्लो विवरण अनुसार ६ वटा गिद्ध मरेका हुन् भने ४ वटा विरामी छन् । विरामी गिद्धको जटायु रेष्टुरेण्टको संरक्षण केन्द्रमा  उपचार भैरहेको छ।

कावासोतीको केरुङ्गे खोलासँगै रहेको अंकुर र ज्योतिकुञ्ज  सामुदायिक वन क्षेत्रको बीचमा रहेको खोलाको बगरमा गिद्ध मृत र विरामी परेका हुन् । वनमा ३ वटा स्यालको सिनो फेला परेको छ । ति स्याललाई कसैले आहारामै विष मिलाएर खुवाउँदा मरेका हुनसक्ने अनुमान छ । त्यही विषाक्त सिनो खाँदा गिद्ध प्रभावित भएका हुन् ।

जटायु रेष्टुरेष्ट ब्यवस्थापन समितिका अध्यक्ष एवं संरक्षणकर्मी डिवी चौधरीका अनुसार एउटा हिमाली गिद्ध र ५ वटा डंगर जातका गिद्ध मृत भेटिए‌का छन् । विरामी अवस्थाका गिद्ध समेत डंगर जातका हुन् । यो जातको गिद्ध संकटापन्न लोपोन्मुख सुचीमा छ ।

विषादीको प्रभावमा थप गिद्ध परेका हुनसक्ने अनुमान छ। सो क्षेत्र वरपर रहेका गिद्धको पहिचान खोजी र समात्ने प्रयास जारी छ ।

प्रारम्भिक खोज उद्दारमा ५ वटा मृत र ६ वटा बिरामी अवस्थाका भेटिएकोमा करीव १ किलोमिटर दक्षिणतर्फ हाईवेको पुल नजिकै अर्को एउटा गिद्ध मरेको पाईएको ह‍ो । छ वटा बिरामी अवस्थामा रहेकामध्ये उपचारपछि २ वटा उडे भने ४ वटालाई उपचारका निम्ति जटायु पठाईएको डिभिजन वन कार्यालय नवलपुरका प्रमुख मोहनराज काफ्लेले जानकारी गराए ।

डिभिजन वन कार्यालय, पशु तथा भेटेरेनरी िव ज्ञ केन्द्र, नेपाली सेना, प्रहरी, चितवन राष्ट्रिय निकुञ्ज, नेपाल वन्यजन्तु संरक्षण संघ, वडा, जटायु लगायतका निकायबाट प्राविधिक एवं प्रतिनिधि थप उद्धारका गतिविधिमा खटिएका छन्।

स्मरण रहोस शनिवार मात्रै भब्य समारोहका बीच कावासोतीको पिठौलीस्थित जटायु रेष्टुरेष्टवाट १० वटा गिद्ध प्रकृतिमा छाडिएको थियो। उल्लासमय वातावरणमा छोडिएको ४८ घण्टा नवित्दै कावासोतीमै एक वथान गिद्ध विषादीको शिकार भए। यस घटनाबाट संरक्षणकर्मी चिन्तित छन् ।

सम्बन्धित समाचारहरु

विकल्प संदेश 

सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित

सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com

संचालक :- उत्सव आचार्य 

प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली

 


समाचार
थप जानकारी
प्रतिलिपि अधिकार ©२०२१ विकल्प नवलपुर मिडिया प्रा. लि, सर्वाधिकार सुरक्षित
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram