गैंडाकोट फागुन ३० ।
गैंडाकोटका एक बिरामीलाई उपचारका लागि आर्थिक समस्या परेको छ । आफन्तजन तथा उनका छर-छिमेकीले समेत सबैसंग सहयोगको याचना गरेका छन । गैंडाकोट ५ बैकुण्ठ मार्ग टोलमा बसोवास गर्ने वर्ष ३२ का कृष्ण कुँवरलाई एक महिना अघि भरतपुरमा रहेको बिपि कोइराला मेमोरियल अस्पतालले रक्त क्यान्सर भएको जनाए सङ्गै परिवारले थप उपचारका लागि राजिब गान्धी अस्पताल भारतमा भर्ना गराएका छन ।
क्यान्सरबाट पीडित गैंडाकोट ५ निवासी वर्ष ३२ का कृष्ण कुवरले आफ्नो बुवाआमा सानैमा गुमाए अहिले उनी सङ्ग सात वर्ष कतारमा कामगरी कमाएको सानो घर र घरभरीको जग्गा बाहेक केही छैन त्यो पनि उपचारका क्रममा नजिकैको सहकारी बाट समेत ऋण लिएका उनलाई बचाउन यतिबेला कृष्णका दाजुभाइले आग्रह गरेका छन । पीडित कृष्ण कुवरलाइ बचाउन बैकुण्ठटोल बिकास सस्था र सुनौलो महिला समुहले आफ्नै टोल र समूह भित्र बाट आर्थिक सहयोग जम्मा गर्दै दुई लाख बीस हजार कृष्ण बचाउन भन्दै उनका दाजु सन्तोषलाई नगद सहयोग गरेका छन साथै टोलवासीले कृष्णको उपचारका लागि देश-बिदेशमा भएका सम्पुर्ण लाई आर्थिक सहयोग गरिदिन आग्रह गरेका छन । कृष्ण लाई सहयोग संकलन गर्नकै लागि उन्का दाजु सन्तोष कुवारको एभरेस्ट बैंकको खाता नम्बर ०२५००५०१२०८२२६ मा सहयोग जम्मा गराइदिन सक्ने र अन्य जानकारी को लागि ९८४५४१८८०० सम्पर्क गर्न सकिने बताइएको छ ।
सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित
सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com
संचालक :- उत्सव आचार्य
प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली