खगेन्द्र पराजुली, नवलपुर, फागुन ३० ।
मध्यविन्दुको अरुणखोलास्थित अरुणखोला बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा एकिकृत समाजवादी निकट अनेरास्ववियूका विजय काफ्ले निर्विरोध निर्वाचित भएका छन् । उनलाई गोला तान्दा सभापतिको चिट्ठा परेको हो । संगठनले आपसी सहमतिमा स्ववियू सर्वसम्मत बनाएका क्याम्पस प्रमुख ऋषिराम पाण्डेले बताए ।
पाण्डेका अनुसार नेकपा (एस) निकट अनेरास्ववियूले सभापति सहित २ सदस्य, एमाले निकट अनेरास्ववियुले उपसभापति, सहसचिव र २ सदस्य, नेविसंघले सचिव सहित २ सदस्य र अनेरास्ववियु (क्रानिकारी) ले कोषाध्यक्ष सहित २ सदस्य पाएका छन् ।
विद्यार्थी संगठनका नेताहरूले गोलाप्रथा विधि मार्फत स्ववियू सर्वसम्मत चयन गरेका हुन्। सहमतिको निर्णय र सर्वसम्मत भएको समितिलाई मान्यता दिन ४ वटै संगठनका तर्फवाट संयुक्त निवेदन परेको क्याम्पस प्रशासनले जनाएको छ ।
सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित
सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com
संचालक :- उत्सव आचार्य
प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली