logo bikalpa
११ आश्विन २०८०, बिहीबार
११ आश्विन २०८०, बिहीबार

गण्डकीमा भएको मूल्यवृद्धि र अनुदान कटौतीको विरोध कार्यक्रम घोषणा

cropped-bs-author.jpeg
खगेन्द्र पराजुली
प्रकाशित मिति:
३ चैत्र २०७९, शुक्रबार
Share it

खगेन्द्र पराजुली, नवलपुर, फागुन ३ ।

नेकपा (एमाले) निकट अखिल नेपाल किसान महासंघ गण्डकीले रासायनिक मलको मुल्यवृद्धि र अनुदान कटौतीको विरोधमा संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ।

महासंघको गण्डकी प्रदेश कमिटिले नवलपुरस्थित एमाले पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै विरोध कार्यक्रम सार्वजनिक गरेको हो।

महासंघका केन्द्रिय सचिव एवं प्रदेश कमिटिका अध्यक्ष गोबर्धन गौलीले रासायनिक मलमा दिदै आएको अनुदान कटौती र मूल्यवृद्धि समेतले किसानलाई परेको दोहोरो मारप्रति गम्भीर ध्यानाकर्षण भएको बताए ।

गण्डकी प्रदेशमै कृषि क्षेत्रको महत्वपूर्ण जिल्ला भएकाले पनि नवलपुरबाटै आन्दोलनको घोषणा गरिएको बताए । उनले चैत ७ गते नवलपुरमै राजमार्ग बन्द गरी विरोध गर्ने बताए ।

पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तिमा सरकारले गरेकाे मूल्यवृद्धि र अनुदान कटौतीको निर्णय फिर्ता नलिए स्थानीय स्तरसम्म धर्ना, जुलुस, कोणसभा, आमसभा लगायतका दवावमूलक कार्यक्रमलाई निरन्तर दिइने बताए ।

एमाले जिल्ला कमिटि नवलपुरका अध्यक्ष मुक्तिराम पाण्डेले महासंघले उठाएको सवाल सवै कृषकको साझा विषय भएकाले राजनैतिक आग्रह-पुर्वाग्रह भन्दा माथी उठेर एकजुट हुनुपर्ने बताए ।

पार्टी कार्यालयमा सम्पन्न पत्रकार सम्मेलन लगत्तै कालो ब्यानर सहित जिल्ला प्रशासन कार्यालय पुगेर महासंघ जिल्ला कमिटि नवलपुरले प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापन पत्र वुझाएको छ ।

गण्डकी प्रदेशका अन्य जिल्लाहरुमा चैत ५ गते ज्ञापन पत्र बुझाएर सोही दिन साँझ ५ वजे एघारै जिल्लामा मसाल जुलुस निकाल्ने कार्यक्रम रहेको उल्लेख गरिएको छ ।

सरकारले फागुन २६ गते रासायनिक मलमा दिदै आएको अनुदानमा कटौती र मलको मुल्यमा वृद्धि भएको सार्वजनिक गरेको हो ।

यसअधि किसानले प्रति केजी १४ रुपैयामा खरिद गर्दै आएको युरियाको २५, ४३ रुपैयाको डिएपी ५० र ३१ रूपैयाको पोटास ४० रूपैया तोकेको छ ।

सम्बन्धित समाचारहरु

विकल्प संदेश 

सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित

सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com

संचालक :- उत्सव आचार्य 

प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली

 


समाचार
थप जानकारी
प्रतिलिपि अधिकार ©२०२१ विकल्प नवलपुर मिडिया प्रा. लि, सर्वाधिकार सुरक्षित
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram