logo bikalpa
११ आश्विन २०८०, बिहीबार
११ आश्विन २०८०, बिहीबार

मध्यनेपाल साकोसको रजत वर्षः रक्तदान र स्वास्थ्य शिविर सम्पन्न 

cropped-bs-author.jpeg
खगेन्द्र पराजुली
प्रकाशित मिति:
४ चैत्र २०७९, शनिबार
Share it

खगेन्द्र पराजुली, नवलपुर, चैत ४ ।

मध्यनेपाल साकोसले रजत वर्षको अवसरमा रक्तदान एवं स्त्री रोग परिक्षण कार्यक्रम गरेको छ । नवलपुरको देवचुली -२ दुम्कौली मा रक्तदान र वडा नं. ११ पृथ्वीनगरमा निशुल्क स्त्री रोग परिक्षण गरेको हो ।

शनिवार एकैदिन भएका रक्तदान कार्यक्रमा २७ जनाले रगत दिएका थिए भने ५२ जनाले स्त्रीरोग सँग सम्बन्धित पाठेघर परिक्षण गराए।

दिव्यपुरी सेवा केन्द्रका संयोजक विनोद सिलवालको अध्यक्षता र वडा नं. २ का वडाध्यक्ष शरद प्रसाद घिमिरेको प्रमुख आतिथ्यतामा भएको रक्तदानमा १० महिला र १७ पुरुषले रगत दिएका जनाइएको छ ।

यस्तै, सूर्य किरण आधारभूत विद्यालयमा चलेको निशुल्क शिविरमा स्त्रीरोग विशेषज्ञ डा. रमेश पौडेल सहितको टोलीले चेकजाँच गरेका थिए। विशेषत: पाठेघरको मुखको क्यान्सर चेकजाच गर्दा कसैमा पनि जटिल समस्या नदेखिएकाले परिक्षण गराएकाको स्वास्थ्य स्थिति राम्रो पाइएको डा. पौडेलले बताए। उनका अनुसार प्रजनन् उमेरका हरेक महिलाले तीन-तीन वर्षमा पाठेघरको मुखको क्यान्सर सम्बन्धि नियमित परीक्षण गर्नुपर्ने सुझाए ।

दुवै कार्यक्रममा साकोस सञ्चालक समितिका पदाधिकारी, अधिकांश सदस्य, विभिन्न उपसमिति का पदाधिकारी, कर्मचारी, सेवा केंन्द्रका पदाधिकारीको उपस्थिति थियो ।

रक्तदान कार्यक्रमलाई रेडक्रस सोसाइटी कावासोती उपशाखाको प्राविधिक सहितको टोली तथा स्वास्थ्य शिविरमा मौलाकालिका अस्पताल भरतपुरका विषेशज्ञ डाक्टर सहितको टोलीले समन्वयात्मक सहयोग गरेका थिए।

सम्बन्धित समाचारहरु

विकल्प संदेश 

सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित

सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com

संचालक :- उत्सव आचार्य 

प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली

 


समाचार
थप जानकारी
प्रतिलिपि अधिकार ©२०२१ विकल्प नवलपुर मिडिया प्रा. लि, सर्वाधिकार सुरक्षित
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram