logo bikalpa
१८ मंसिर २०८०, सोमबार
१८ मंसिर २०८०, सोमबार

पौरखीको स्वास्थ्य शिविरमा २२८ ले लिए सेवा

cropped-bs-author.jpeg
खगेन्द्र पराजुली
प्रकाशित मिति:
४ चैत्र २०७९, शनिबार
Share it

खगेन्द्र पराजुली, चैत ४ ।

कावासोतीको पौरखी साकोसले हुप्सेकोटको शंखदेवमा निशुल्क स्वास्थ्य शिविर गरेको छ। शनिवार वडा नं. ४ स्थित धौवादी स्वास्थ्य चौकीमा चलेको शिविरमा  २ सय २८ जनाले सेवा लिएका सहकारीका प्रशासकीय प्रमुख निलकण्ठ पराजुलीले जानकारी दिए।

सहकारी संस्थाले आयोजना गरेको शिविरमा प्राविधिक तथा चिकित्सकीय सहयोग कावासोती कै कालीगण्डकी नारायणी सामुदायिक अस्पतालले गरेको थियो ।

फिजिसियन एवं स्त्री रोग सम्बन्धि ल्याव परीक्षण, परामर्श र औषधि सेवा लगायतको निशुल्क सेवा प्रदान गरिएको पराजुलीले बताए।

कालीगण्डकी सामुदायिक अस्पतालका डा. छविलाल थापा, स्त्री रोग विशेषज्ञ डा. केशवराज आचार्य र वरिष्ठ फिजिसियन डा. धर्मेन्द्र सापकोटा सहितको टोली खटिएको थियो।

संस्थाका अध्यक्ष  शालिकराम कोइरालाको अध्यक्षता तथा स्वास्थ्य उपसमितिका संयोजक ज्ञानेन्द्र न्यौपानेको संयोजनमा भएको शिविरमा निशुल्क औषधि वापतको खर्च सहकारीले उपलब्ध गराउने गरी स्वास्थ्य परिक्षण गरिएको प्रशासकीय अधिकृत पराजुलीले जानकारी दिएका छन् ।

सम्बन्धित समाचारहरु

विकल्प संदेश 

सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित

सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com

संचालक :- उत्सव आचार्य 

प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली

 


समाचार
थप जानकारी
प्रतिलिपि अधिकार ©२०२१ विकल्प नवलपुर मिडिया प्रा. लि, सर्वाधिकार सुरक्षित
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram