logo bikalpa
११ आश्विन २०८०, बिहीबार
११ आश्विन २०८०, बिहीबार

कावासोतीको केएमसीमा गठबन्धन प्यानल विजयी

cropped-bs-author.jpeg
खगेन्द्र पराजुली
प्रकाशित मिति:
५ चैत्र २०७९, आईतवार
Share it

नवलपुर, चैत ५।
नवलपुर जिल्लाकै जेठो क्याम्पस कुमारवर्ती बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा गठबन्धन  प्यानल नै निर्वाचित भएको छ । कूल २ सय ८१ मत खसेकोमा आइतबार बेलुकाको मतपरिणाम अनुसार नेविसंघका सुदिप चापागाई २ सय २९ मत ल्याएर स्ववियु सभापतिमा निर्वाचित भएका हुन् । प्रतिद्वन्द्वी नेकपा एमाले निकट अनेरास्ववियुका गौरव अधिकारीले ३९ मत ल्याए ।
सचिवमा नेविसंघका कुमार सिंजाली मगरले २ सय १७ मत ल्याएर निर्वाचित भए । निकटतम प्रतिद्वन्द्वी अनेरास्ववियुका सृजना पौडेलले ४९ मत ल्याए । कोषाध्यक्षमा नेविसंघका वर्षा खरेलले २ सय १२ मत ल्याएर विजयी भए । अनेरास्ववियुका सलिना भण्डारी ४५ मत ल्याएर पराजित भए ।
खुला सदस्यहरुमा नेविसंघका सृजना श्रेष्ठ , कृष्ण रिजाल र लोकमाया दर्लामी मगर निर्वाचित भए । समानुपातिकतर्फ सदस्यमा नेविसंघकै पवन भुर्तेल , रेखा बस्याल , प्रतीक भुसाल , सीता न्यौपाने र सुशील महतो निर्वाचित भए ।

सम्बन्धित समाचारहरु

विकल्प संदेश 

सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित

सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com

संचालक :- उत्सव आचार्य 

प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली

 


समाचार
थप जानकारी
प्रतिलिपि अधिकार ©२०२१ विकल्प नवलपुर मिडिया प्रा. लि, सर्वाधिकार सुरक्षित
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram