logo bikalpa
२२ जेष्ठ २०८०, सोमबार
२२ जेष्ठ २०८०, सोमबार

स्वास्थ्यकर्मीलाई कुष्ठरोग अभिमुखीकरण

cropped-bs-author.jpeg
खगेन्द्र पराजुली
प्रकाशित मिति:
६ चैत्र २०७९, सोमबार
Share it

खगेन्द्र पराजुली, नवलपुर, चैत ६ ।

नवलपुरको देवचुलीमा कुष्ठरोग सम्बन्धि अभिमुखीकरण कार्यक्रम भएको छ। स्वास्थ्य कार्यालय नवलपुरको आयोजना तथा पोखराको हरियो खर्क अस्पताल आईएनएफ नेपालको सहयोगमा सोमवार कार्यक्रम भएको हो ।

दुम्कौली नगर अस्पतालमा सम्पन्न अभिमुखीकारणमा स्वास्थ्य शाखाका कर्मचारी सरकारी स्वास्थ्य संस्थाका कर्मचारी-स्वास्थ्यकर्मी महिला स्वास्थ्य स्वयंसेविका एवं झारफुक गर्ने धामी झाक्री समेतको सहभागिता रहेको थियो ।

वडा नं. ४ का अध्यक्ष गिरबहादुर थापा क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा स्वास्थ्य कार्यालय नवलपुरका तर्फवाट कुष्ठरोग निवारण सम्वन्धि कार्यक्रमका फोकल पर्सन डिल्लीराम तिवारीले अभिमुखीकरण गरेका थिए ।

तिवारीले कुष्ठरोग सम्बन्धि भ्रम र यथार्थ, रोगका चिन्ह र लक्षण, यसको तथ्यांकगत स्थिति उपचारको पहुँचमा ल्याउन गर्नुपर्ने भूमिका, उपचारको  विधि र समय लगायत जिज्ञासाका विषयमा समेत प्रष्ट्याएका थिए। डिजिटल प्रस्तुतिका क्रममा तिवारीले गण्डकी प्रदेशमै सबैभन्दा धेरै कुष्टरोगका विरामी नवलपुरमा रहेकाले स्वास्थ्य क्षेत्रमा काम गर्ने सवैलें विशेष चासोका साथ सुक्ष्म खोजपडतालका गतिविधिलाई निरन्तरता दिँदै उपचारको पहुँचमा ल्याउनुपर्ने वताए । उनका अनुसार प्रदेश भरिकै तथ्याङ्क हेर्दा नवलपुरमा मात्रै ३१ प्रतिसत विरामी रहेको र जिल्लामा देखिएका विरामीमध्ये ४८ प्रतिसत महिला कुष्ठरोगीले यस वर्षको माघ मसान्तसम्म औषधि सेवन गरेका छन् ।

गत आर्थिक वर्षवाट औषधि सेवन गरिरहेका र चालु वर्षमा पत्ता लागेका गरी ३२ जना नयाँ पुराना विरामी रहेको तिवारीले जानकारी दिए।

छाला तथा कुष्ठरोग का समस्याका लागि प्रभावकारी अस्पतालका रुपमा परिचित हरियो खर्क अस्पतालका कार्यक्रम संयोजक तारा हाड तावा, वडाध्यक्ष गिर वहादुर थापा क्षेत्री, दुम्कौली अस्पतालका प्रमुख चित्र वहादुर सुनार र स्वास्थ्य शाखा देवचुलीका शाखा प्रमुख रामकुमार श्रेष्ठ लगायतले कार्यक्रमको औचित्यका विषयमा बोलेका थिए ।

देवचुलीपछि यस्तै तालिम मध्यविन्दु नगरपालिकाका स्वास्थ्यकर्मी लक्षित अभिमुखीकरण कार्यक्रम सोमवारै सम्पन्न भएको छ ।

सम्बन्धित समाचारहरु

विकल्प संदेश 

सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित

सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com

संचालक :- उत्सव आचार्य 

प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली

 


समाचार
थप जानकारी
प्रतिलिपि अधिकार ©२०२१ विकल्प नवलपुर मिडिया प्रा. लि, सर्वाधिकार सुरक्षित
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram