logo bikalpa
२२ जेष्ठ २०८०, सोमबार
२२ जेष्ठ २०८०, सोमबार

एमालेको किसान महासंघको राष्ट्रिय सम्मेलन झापामा हुने 

cropped-bs-author.jpeg
खगेन्द्र पराजुली
प्रकाशित मिति:
७ चैत्र २०७९, मंगलवार
Share it

खगेन्द्र पराजुली, नवलपुर, चैत ७ ।

नेकपा (एमाले) को जनसंगठन अखिल नेपाल किसान महासंघको सातौं राष्ट्रिय सम्मेलन झापाको दमकमा हुने भएको छ । चैत्र २९ देखी वैशाख १ गतेसम्म सम्मेलन हुने महासंघका अध्यक्ष प्रेम दंगाल‌ले बताए । नवलपुरमा बसेको महासंघको चौथो पूर्ण बैठकले मिति र स्थान तय गरेको पत्रकार सम्मेलन मार्फत जनाईएको हो ।

राजनैतिक वैचारिक जागरणसँगै किसानका मुद्धामा महासंघले विगतदेखी भूमिका निर्वाह गर्दै आइरहेको जिकिर गरेका अध्यक्ष दंगालले सम्मेलनको एक दिन अघि दक्षिण एसियाली किसान सम्मेलन पनि गर्ने निर्णय भएको बताए। यसले दक्षिण एसियामै किसानका समस्या, चुनौती, सम्भावना र अवसरका साथै अनुभव आदान- प्रदान हुने र आत्मनिर्भर कृषि ब्यवसायिकीकरणका अवधारणा बनाउन सम्मेलनलाई सेतुको रुपमा लिएको बताए ।

पार्टीका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने सम्मेलनमा ५० हजार कृषक उतार्ने दंगालले बताए ।

यसैवीच सरकारले गरेको रासायनिक मलको चर्को मुल्यवृद्धि र सरकारले मलमा दिदै आएको अनुदान कटौतीको निर्णय फिर्ता लिएको सन्दर्भमा पछिल्लो फिर्ताको निर्णयलाई स्वागत गरेको छ। यद्यपि, महासंघले सृजना गरेको दवावका कारण सरकार आफ्नो निर्णयवाट पछाडी सर्नुपरेको अध्यक्ष दंगालको दावी थियो ।

पत्रकार सम्मेलन मार्फत अध्यक्ष दंगालले किसान र कृषि क्षेत्रको उत्थानका निम्ति स्वदेशमै रासायनिक मलको कारखाना स्थापना र जैविक मलखादप्रतिको आकर्षण वढाउने खालका योजना सरकारले अविलम्ब अगाडी चढाउनुपर्ने माग रहेको सुनाए ।

नवलपुरको देवचुली - १७ रजहरस्थित पिप्रहर सामुदायिक होमस्टेमा सोमवार सचिवालय बैठक सम्पन्न भएको हो भने आज मंगलवार विहानबाटै दलदलेस्थित सहारा पार्टी प्यालेसमा केन्द्रीय समितिको बैठक शुरु भएको छ ।

सम्बन्धित समाचारहरु

विकल्प संदेश 

सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित

सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com

संचालक :- उत्सव आचार्य 

प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली

 


समाचार
थप जानकारी
प्रतिलिपि अधिकार ©२०२१ विकल्प नवलपुर मिडिया प्रा. लि, सर्वाधिकार सुरक्षित
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram