logo bikalpa
१४ मंसिर २०८०, बिहीबार
१४ मंसिर २०८०, बिहीबार

दुम्कौलीमा भोलि (बुधवार) निशुल्क छाला शिविर

cropped-bs-author.jpeg
खगेन्द्र पराजुली
प्रकाशित मिति:
७ चैत्र २०७९, मंगलवार
Share it

खगेन्द्र पराजुली, नवलपुर, चैत ७ ।

देवचुलीको दुम्कौली नगर अस्पतालमा भोलि बुधवार छालारोग सम्बन्धि निशुल्क शिविर हुने भएको छ। छालासँग सम्बन्धित सामान्यदेखि जटिल समस्याको विशेषज्ञ डाक्टर ल्याव परिक्षण र सिफारीस औषधि समेतको निशुल्क सेवा शिविर हुने देवचुली स्वास्थ्य शाखाका प्रमुख रामकुमार श्रेष्ठल जानकारी दिए।

स्वास्थ्य कार्यालय नवलपुरको आयोजना आइएनएफ नेपाल हरियो खर्क अस्पतालका छालारोग विषेशज्ञ, प्राविधिक एवं आर्थिक सहयोगमा चल्ने एक दिने निशुल्क शिविरमा परिक्षण गराई स्वास्थ्य लाभ लिन दुग्कौली नगर अस्पतालका प्रमुख चित्र वहादुर सुनारले आग्रह गरेका छन् ।

अधिकांश मानिसमा कुनै पनि लक्षण, चिन्ह वा समस्या नदेखिए पनि छालाका समस्या पत्ता लाग्ने गरेकाले जो कोहीले परिक्षण गराउन राम्रो हुने हरियो खर्क अस्पतालका संयोजक तारा हाङ तावा बताउँछन्।

विहान ८ वजेदेखि चल्ने शिविरमा पोखरा देखि ७ जना विशेषज्ञ, प्राविधिक, प्रशासनिक क्षेत्रका टोली र जिल्ला तथा स्थानीय स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीको संयुक्त टोलीले शिविर मार्फत सेवा प्रवाह गर्नेछ ।

सम्बन्धित समाचारहरु

विकल्प संदेश 

सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित

सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com

संचालक :- उत्सव आचार्य 

प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली

 


समाचार
थप जानकारी
प्रतिलिपि अधिकार ©२०२१ विकल्प नवलपुर मिडिया प्रा. लि, सर्वाधिकार सुरक्षित
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram