logo bikalpa
२३ जेष्ठ २०८०, मंगलवार
२३ जेष्ठ २०८०, मंगलवार

मध्यविन्दुको निशुल्क छाला सम्वन्धि स्वास्थ्य शिविरमा १९२ ले लिए सेवा

cropped-bs-author.jpeg
खगेन्द्र पराजुली
प्रकाशित मिति:
७ चैत्र २०७९, मंगलवार
Share it

खगेन्द्र पराजुली, नवलपुर, चैत ७ ।

मध्यविन्दुमा चलेको एकदिने निशुल्क छाला रोग सम्बन्धि स्वास्थ्य शिविरमा १ सय ९२ जनाले सेवा लिएका छन् । मध्यविन्दु नगरपालि-काको आयोजना एवं हरियोखर्क अस्पताल पोखराको सहयोगमा सञ्चालित शिविरमा छालारोग विशेषज्ञ डा. प्रकाश कार्की नेतृत्वको टोलीले चेक जाँच, परामर्श गरेका थिए ।

मध्यविन्दु नगरपालिका वडा नं. १० का अध्यक्ष रण बहादुर थापाको अध्यक्षताबाट औपचारिक शुरुवात भएको शिविरको निरिक्षण‌मा नगरपालिकाका प्रमुख भीमलाल अधिकारी, स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशवप्रसाद चापागाईं, स्वास्थ्य कार्यालयकै श्याम केसी सहितको टोली पुगेको थियो ।

मध्यविन्दु-१० अरुणखोलाको नयाँ वेलहानी स्वास्थ्य चौकीमा शिविर चलेको हो। छालाको समस्या देखिए‌का र औषधि प्रयोग गर्नुपर्ने प्रकृतिका सेवाग्राहीलाई निशुल्क औषधि उपलब्ध गराइएको स्वास्थ्य कार्यालय नवलपुरका डिल्लीराम तिवारीले जानकारी दिए।

नवलपुरका दुई ठाउँमा चल्ने भनिएको शिविर भोलि बुधवार देवचुली नगरपालिकाको नगर अस्पताल दुम्कौलीमा हुने छ । यहाँ पनि हरियो खर्क अस्पतालकै सहयोग - सहकार्य रहेको छ ।

सम्बन्धित समाचारहरु

विकल्प संदेश 

सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित

सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com

संचालक :- उत्सव आचार्य 

प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली

 


समाचार
थप जानकारी
प्रतिलिपि अधिकार ©२०२१ विकल्प नवलपुर मिडिया प्रा. लि, सर्वाधिकार सुरक्षित
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram