logo bikalpa
२२ जेष्ठ २०८०, सोमबार
२२ जेष्ठ २०८०, सोमबार

देवचुलीमा ट्रमा सेन्टरका लागि जग्गाको खोजी

cropped-bs-author.jpeg
खगेन्द्र पराजुली
प्रकाशित मिति:
१० चैत्र २०७९, शुक्रबार
Share it

नवलपुर, चैत १० ।

नवलपुरको देवचुलीमा ट्रमा सेन्टरको सन्दर्भमा संघीय सरकारको टोली क्षेत्र अध्ययनका लागि भोलि शनिवार देवचुली आउँदैछ ।

अति दुर्घटनाग्रस्त जिल्लाका रूपमा मानिएको नवलपुर खण्डमा आकस्मिक उपचारका लागि ट्रमा सेन्टरको आवश्यकता धेरै पहिले देखि महशुस भएको थियो। तर विषय र सन्दर्भ भाषणमा चर्को उठ्ने कार्यान्वयन गर्ने विषयले गति लिन सकेको थिएन । स्थानीय स्तरमा उपयुक्त सम्भाब्य स्थान भन्दा पनि आ- आफ्नै स्वार्थ केन्द्रित ठाउँहरु ट्रमा सेन्टरका लागि उपयुक्त हुने जिकिर हुँदै आएका छन् ।

शनिवार अध्ययनका लागि आउने टोलीले रजहरको झराही खोला नजिकको वन क्षेत्र, पुनर्वास क्षेत्र, वौलाहा खोला नजिकैको क्षेत्र, लोकाहा क्षेत्र  समेतको सुक्ष्म अध्ययन गर्ने स्रोतले अनाएको छ ।

संघीय सरकारको नीति तथा कार्यक्रममा समावेश भई रातो कितावमा परेको ट्रमा सेन्टर स्थापना गर्ने विषयलाई जति सक्दो छिटो सबैभन्दा पहिला जग्गा छनौटलाई टुङ्ग्याउन सके यसले मूर्त रूप लिनेमा जिल्ला स्थित स्वास्थ्य क्षेत्रका सरोकारवालाको सुझाव छ ।

जिल्ला अस्पतालका मेसु देखि पालिका अस्पतालका प्रमुख एवं भरतपुर अस्पतालका मेसु समेतको स्वास्थ्यको टोलीले जनशक्ति, उपकरण, पूर्वाधार समेतको ब्षवस्थापन भइसकेका अस्पतालको नजिक ट्रमा सेन्टर रहनु उपयुक्त हुने बताउँछन् ।

देवचुलीमै ट्रमा सेन्टर बन्ने भएपछि दुम्कौली नगर अस्पतालको नजिकै पर्ने देवचुली-१३ को बौलाहा खोला नजिकैको क्षेत्र उपयुक्त हुने उनीहरूको राय छ ।

2

सम्बन्धित समाचारहरु

विकल्प संदेश 

सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित

सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com

संचालक :- उत्सव आचार्य 

प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली

 


समाचार
थप जानकारी
प्रतिलिपि अधिकार ©२०२१ विकल्प नवलपुर मिडिया प्रा. लि, सर्वाधिकार सुरक्षित
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram