logo bikalpa
२२ जेष्ठ २०८०, सोमबार
२२ जेष्ठ २०८०, सोमबार

देवचुली चुचुचरोमा फहरायो ९०ः५२ ईन्चको बिशाल राष्ट्रिय झण्डा

cropped-bs-author.jpeg
खगेन्द्र पराजुली
प्रकाशित मिति:
१२ चैत्र २०७९, आईतवार
Share it

नवलपुर, चैत १२ ।
नवलपुरको पर्यटकीय पदमार्गको गन्तब्यका रुपमा परिचित देवचुली डाडाको चुचुरोमा स्थानीय युवाले राष्ट्रिय झण्डा गाडेका छन् । १ हजार ९ सय ३६ मिटर उचाईमा रहेको देवचुली पहाडको चुचुरोमा ९० इन्च लम्वाई र ५२ इन्च चौडाईको झण्डा गाडेका हुन् ।
धार्मिक एवं पर्यटकीय महत्व बोकेको पहाडमा आन्तरिक पर्यटकको आकर्षण अझ बढोस् भन्ने उदेश्यले आकर्षक र ठूलो झण्डा गाडिएको देवचुली १४ का युवा प्रेम भट्टले जानकारी दिए ।
देवचुली नगरपालिकाको प्रवेशद्धार दलदलेबाट सवारी साधनमा किर्तिपुरतर्फ करीव २० मिनेट वा पोखरीतर्फ ३५ मिनेटको यात्रापछि देवचुली चुचुरोमा पुग्न पैदल हिड्नुपर्ने हुन्छ । किर्तिपुरवाट चुचुरो पुग्न सरदर ३ घण्टा हिड्नुपर्ने हुन्छ भने पोखरीवाट २ घण्टामा पुग्न सकिन्छ ।
यहाँबाट सफा मौषममा दक्षिणतर्फ भारतको विहारसम्म र उत्तरतर्फ गोर्खादेखि धवलागिरीसम्मका हिमाल श्रृंखलाहरु प्रत्यक्ष अवलोकन गर्न सकिन्छ । यो पदमार्ग गण्डकी सरकारले सार्वजनिक गरेका प्रदेशका १ सय पदमार्गको सूचीमा छ ।

सम्बन्धित समाचारहरु

विकल्प संदेश 

सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित

सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com

संचालक :- उत्सव आचार्य 

प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली

 


समाचार
थप जानकारी
प्रतिलिपि अधिकार ©२०२१ विकल्प नवलपुर मिडिया प्रा. लि, सर्वाधिकार सुरक्षित
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram