logo bikalpa
१८ मंसिर २०८०, सोमबार
१८ मंसिर २०८०, सोमबार

बालवालिकाको आँखा र कान परिक्षण अनिवार्य

cropped-bs-author.jpeg
खगेन्द्र पराजुली
प्रकाशित मिति:
१३ चैत्र २०७९, सोमबार
Share it

खगेन्द्र पराजुली, नवलपुर, चैत १३ ।

स्वास्थ्य कार्यालय नवलपुरले समुदाय लक्षित स्वास्थ्य समस्या पहिचान र निदान गर्ने उद्देश्य सहितको अभिमुखीकरण सञ्चालन गरेको छ । चैत महिनाको मासिक कार्यक्रम अन्तर्गत आँखा, नाक कान घाँटी (ENT) र मुखको स्वास्थ्य सम्बन्धि अभिमुखीकरण गरेको हो ।

विशेष गरेर विद्यालयको नयाँ शैक्षिक सत्र सुरु हुनु पूर्व विद्यालय जाने उमेरका वालवालिकाको आँखाको दृष्टि र कानको श्रवणशक्तिको परिक्षण अनिवार्य रहेकाले समुदाय भित्र पनि स्वास्थ्यकर्मीको पहुँच पुयाउन स्वास्थ्यकर्मीलाई अभिमुखीकरण गरिएको स्वास्थ्य कार्यालय नवलपुरका जनस्वास्थ्य अधिकृत मुक्तिनाथ भट्टराईले बताए । उनले भने- " भर्ना गर्नुपूर्व विद्यार्थीहरुको आँखाको दृष्टि र कानको श्रवण शक्तिको परिक्षण गर्नुपर्ने हुन्छ जसका कारण कक्षाकोठामा समेत समस्या पहिचान भएकालाई अगाडी राख्न सकिन्छ उपचार गर्नुपर्ने अवस्था भएमा पनि छिटो पत्ता लाग्छ ।

स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशवप्रसाद चापागाईका अनुसार नेपालमा वार्षिक सरदर ५० लाख जनाले आँखा परिक्षण गराउनुपर्ने अवस्थाका मानिसहरू छन्। तर ५ लाख जनसंख्याले मात्रै जाँच गराउने गरेको तथ्याङ्‌क छ । त्यसैले संवेदनशील अंग आँखा परिक्षणका लागि स्वास्थ्यकर्मीहरुवाटै सचेतना जगाउनुपर्ने स्थिति देखिएकाले पनि तालिम महत्वपूर्ण हुने चापागाई वताउँछन् ।

स्वास्थ्य कार्यालय नवलपुरले सञ्चालन गरेको अभिमुखीकरणमा  रकुवा प्राथमिक स्वास्थ्य केन्द्र बौदीकालीका डाक्टर रामवहादुर केसी, चोरमारा नगर अस्पताल मध्यविन्दुका डाक्टर नन्दलाल राना मगर र दुम्कौली नगर अस्पताल देवचुलीका डाक्टर राजिव सापकोटाले सहजीकरण गरेका छन् ।

जिल्लाको पहाडी गाउँपालिका बुलिङटार र वौदीकालीको बुलिङमा, विनयी त्रिवेणी र मध्यविन्दुको चोरमारा नगर अस्पतालमा कार्यक्रम सम्पन्न भएका छन् । गैंडाकोटमा छिट्टै अभिमुखीकरण गरिने स्वास्थ्य कार्यालयले जनाएको छ। दुई दिनसम्म चल्ने अभिमुखीकरण कार्यक्रम देवचुलीमा जारी छ। यहाँ मध्यविन्दु जिल्ला अस्पताल, देवचुली, कावासोती र हुप्सेकोटका स्वास्थ्यकर्मी सहभागी छन् ।

तालिममा अनमी, स्टाफ नर्स, अहेव र हेल्थ असिस्टेण्ट तहका स्वास्थ्यकर्मी सहभागी छन् ।

सहभागीहरूले तालिमवाट समुदायमा देखिने स-साना स्वास्थ्य समस्याको समेत पहिचान, निदान र रिफरसँग सम्बन्धित विषयमा गर्नुपर्ने भूमिका सिक्दै कार्यान्वयन सञ्चालनमा सहज हुने प्रतिक्रिया दिएका छन् ।

सम्बन्धित समाचारहरु

विकल्प संदेश 

सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित

सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com

संचालक :- उत्सव आचार्य 

प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली

 


समाचार
थप जानकारी
प्रतिलिपि अधिकार ©२०२१ विकल्प नवलपुर मिडिया प्रा. लि, सर्वाधिकार सुरक्षित
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram