logo bikalpa
१८ मंसिर २०८०, सोमबार
१८ मंसिर २०८०, सोमबार

अखिल नवलपुरका सचिवको  साधारण सदस्यता खोसियो

cropped-bs-author.jpeg
खगेन्द्र पराजुली
प्रकाशित मिति:
१३ चैत्र २०७९, सोमबार
Share it

नवलपुर, चैत १३ ।

एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु नवलपुरले जिल्ला कमिटि सचिवलाई कारवाही गरेको छ ।

संगठनका जिल्ला अध्यक्ष विष्णु पौडेलले एक पत्र जारी गर्दै सचिव प्रशान्त सिग्देललाई संगठनको साधारण सदस्य समेत नरहने गरी कार्बाही गरिएको जनाएका छन् ।

सिग्देललाई चैत ५ गते सम्मपन्न स्ववियू निर्वाचनमा संगठनको हित र अनुशासन विपरीत कार्य गरेको आरोप लगाइएको छ । सिग्देललाई मध्यविन्दु बहुमुखी क्याम्पसमा संगठनका आधिकारिक उम्मेदवारको विरुद्ध‌मा लागेको आरोप छ ।

चैत ७ गते २४ घन्टे स्पष्टीकरण माग गर्दा समेत जवाफ नआएपछि संगठनको विधानको धारा ३० बमोजिम कार्बाही गरिएको पत्रमा उल्लेख छ । सौ कार्बाहीको वोधार्थ जानकारी अनेरास्ववियुको प्रदेश, केन्द्रीय र अनुशासन कमिटिका साथै पार्टीको नगर र जिल्ला कमिटिलाई समेत गराएको छ ।

मध्यविन्दु बहुमुखी क्याम्पसमा सम्पन्न स्ववियु चुनावमा अनेरास्ववियुका पूर्व केन्द्रिय सदस्य समेत भइसकेका बागी उम्मेदवार केशव भुसाल सभापतिमा निर्वाचित भएका छन्।

एमाले निकट अखिलको गढ मानिएको मध्यविन्दुमा अखिलका आधिकारिक उम्मेदवार दशरथ सुवेदी (नेल्शन) भारी मतान्तर सहित तेस्रो स्थितिमा रहन पुगे।

स्वतन्त्र उम्मेदवारी दर्ता गरे लगत्तै भुसाललाई पनि अनेरास्ववियु केन्द्रिय कमिटिले कार्वाही गरिसकेको छ ।

सम्बन्धित समाचारहरु

विकल्प संदेश 

सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित

सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com

संचालक :- उत्सव आचार्य 

प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली

 


समाचार
थप जानकारी
प्रतिलिपि अधिकार ©२०२१ विकल्प नवलपुर मिडिया प्रा. लि, सर्वाधिकार सुरक्षित
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram