खगेन्द्र पराजुली, नवलपुर, चैत १४ ।
स्वास्थ्य कार्यालय नवलपुरले समुदाय लक्षित स्वास्थ्य समस्या पहिचान र निदान गर्ने उद्देश्य सहितको अभिमुखीकरण सञ्चालन गरेको छ । चैत महिनाको मासिक कार्यक्रम अन्तर्गत आँखा, नाक कान घाँटी र मुखको स्वास्थ्य सम्बन्धि अभिमुखीकरण गरेको हो ।
विशेष गरेर विद्यालयको नयाँ शैक्षिक सत्र सुरु हुनु पूर्व विद्यालय जाने उमेरका वालवालिकाको आँखाको दृष्टि र कानको श्रवणशक्तिको परिक्षण अनिवार्य रहेकाले समुदाय भित्र पनि स्वास्थ्यकर्मीको पहुँच पुयाउन स्वास्थ्यकर्मीलाई अभिमुखीकरण गरिएको स्वास्थ्य कार्यालय नवलपुरका जनस्वास्थ्य अधिकृत मुक्तिनाथ भट्टराईले बताए । उनले भने– “ भर्ना गर्नुपूर्व विद्यार्थीहरुको आँखाको दृष्टि र कानको श्रवण शक्तिको परिक्षण गर्नुपर्ने हुन्छ जसका कारण कक्षाकोठामा समेत समस्या पहिचान भएकालाई अगाडी राख्न सकिन्छ उपचार गर्नुपर्ने अवस्था भएमा पनि छिटो पत्ता लाग्छ ।”
स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशवप्रसाद चापागाईका अनुसार नेपालमा वार्षिक सरदर ५० लाख जनाले आँखा परिक्षण गराउनुपर्ने अवस्थाका मानिसहरू छन् । तर ५ लाख जनसंख्याले मात्रै जाँच गराउने गरेको तथ्याङ्क छ । त्यसैले संवेदनशील अंग आँखा परिक्षणका लागि स्वास्थ्यकर्मीहरुवाटै सचेतना जगाउनुपर्ने स्थिति देखिएकाले पनि तालिम महत्वपूर्ण हुने चापागाई वताउँछन् ।
स्वास्थ्य कार्यालय नवलपुरले सञ्चालन गरेको अभिमुखीकरणमा रकुवा प्राथमिक स्वास्थ्य केन्द्र बौदीकालीका डाक्टर रामवहादुर केसी, चोरमारा नगर अस्पताल मध्यविन्दुका डाक्टर नन्दलाल राना मगर र दुम्कौली नगर अस्पताल देवचुलीका डाक्टर राजिव सापकोटाले सहजीकरण गरेका थिए ।
डा. सापकोटाले मुखको स्वास्थ्य अन्तर्गत दाँतको स्वास्थ्य समेत जोडिने बताए । उनले मुखको स्वास्थय शरीरका सवै अंगको स्वास्थ्यका लागि समेत महत्वपूर्ण अर्थ राख्ने अंग भएकाले जनस्तरमा यसको महत्व बुझाउनु स्वास्थ्यकर्मीको जिम्मेवारी हुनुपर्ने बताए ।
जिल्लाको पहाडी गाउँपालिका बुलिङटार र वौदीकालीको बुलिङमा, विनयी त्रिवेणी र मध्यविन्दुको चोरमारा नगर अस्पतालमा र मध्यविन्दु जिल्ला अस्पताल, देवचुली, कावासोती र हुप्सेकोटका कार्यक्रम सम्पन्न भएका छन् । गैंडाकोटमा छिट्टै अभिमुखीकरण गरिने स्वास्थ्य कार्यालयले जनाएको छ । सम्पन्न भईसकेका स्थानमा दुई दिनसम्मको अभिमुखीकरण सत्र चलाईएको स्वास्थ्य कार्यालयले जनाएको हो ।
तालिममा अनमी, स्टाफ नर्स, अहेव र हेल्थ असिस्टेण्ट तहका स्वास्थ्यकर्मी सहभागी थिए ।
सहभागीहरूले तालिमवाट समुदायमा देखिने स–साना स्वास्थ्य समस्याको समेत पहिचान, निदान र रिफरसँग सम्बन्धित विषयमा गर्नुपर्ने भूमिका सिक्दै कार्यान्वयन सञ्चालनमा सहज हुने प्रतिक्रिया दिएका छन् ।
सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित
सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com
संचालक :- उत्सव आचार्य
प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली