खगेन्द्र पराजुली,
नवलपुर, चैत १५ ।
देवचुली १५ को नव प्रगति युवा क्लवले यही चैत १७ र १८ गते नगरस्तरीय ब्याडमिण्टन प्रतियोगिता गर्ने भएको छ । स्वर्गीय द्वारीका साँख श्रेष्ठ, कल्पना साँख श्रेष्ठ स्मृति तकप प्रतियोगिता सञ्चालन गर्ने आयोजक क्लवका अध्यक्ष सुरजकान्त सुवेदीले जानकारी दिए ।
उनका अनुसार देवचुली नगरभित्रका १७ वटै वडाका खेलाडीले प्रतियोगितामा भाग लिन सक्ने भएकाले देवचुली नगरस्तरीय प्रतियोगिताका रुपमा खेल खेलाईने छ ।
ए लेभल, बी लेभल र ४० वर्षभन्दा माथीका भेट्रान लेभलका तीन श्रृंखलामा प्रतियोगिता गरिने सुवेदी बताउँछन् ।
प्रतियोगितामा सहभागी हुने समुहले शुल्क तिरेर टीम दर्ता गर्नुपर्नेछ । ए र बी लेभलको टीम दर्ता शुल्क २ हजार तोकेको छ भने भेट्रानको टीमलाई १ हजार ५ सय रुपैंया शुल्क रहेको छ ।
चैत १६ गते बेलुका ७ बजेसम्म टीम दर्ता गर्न क्लवले आह्वान गरेको छ । क्लवले टीम दर्ता र थप जानकारीको जिम्मेवारी बिदेश श्रेष्ठ, परशुराम अधिकारी र सुधिर केसीलाई दिएको छ ।
ए लेभलको प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय पुरस्कार राशि क्रमशः ७ हजार, ४ हजार र २ हजार छ भने बी लेभलमा क्रमशः १० हजार, ६ हजार र २ हजार पुरस्कार रहेको छ । यस्तै भेट्रानतर्फ ८ हजार, ४ हजार र १ हजार ५ सय राशिको पुरस्कार छ ।
खेल जनज्योति माविको खेलमैदानमा रहेको प्रस्तावित ब्याडमिण्टन कोर्टमा हुनेछ ।
सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित
सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com
संचालक :- उत्सव आचार्य
प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली