खगेन्द्र पराजुली, नवलपुर, चैत १५ ।
नवलपुरमा सर्पदंशका कारण एक वालिकाको ज्यान गएको छ । वुधवार विहान सर्पले डस्दा गैंडाकोट नगरपालिका वडा नं. १६ अमरापुरीमा डेरामा बस्ने एक परिवारको ९ वर्षिया वालिकाको ज्यान गएको हो।
बुलिङटार गाउँपालिका स्थायी ठेगाना रहेको तर अमरापुरीमा वसेर पढ्ने मनिषा आले मगरलाई करेट सर्पले डसेको हो। सर्पदंश भएको समयमै यकिन नहुँदा उनलाई तीन घण्टा पछि मात्र अस्पताल पु-याइएको थियो ।
सर्प संरक्षण, उद्दार तथा सर्पदंश सम्बन्धि सचेतनाको अभियानमा लागेका देवचुलीका अश्विन ओझाले घटनाका बारेमा जानकारी दिदै अझै पनि सर्पदंश सम्बन्धि सचेतनाको कमी भएको बताए। उनले साना बाबु बानीले केही विझेको वा टोकेको जानकारी गराउँदा त्यस्ता विषयमा वेवास्ता नगर्न आग्रह गरे ।
सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित
सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com
संचालक :- उत्सव आचार्य
प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली