logo bikalpa
२२ जेष्ठ २०८०, सोमबार
२२ जेष्ठ २०८०, सोमबार

नवलपुरमा खोप कार्यक्रमको समिक्षा: गण्डकीमा बुस्टर डोज लगाउने ५१ प्रतिसत मात्रै

cropped-bs-author.jpeg
खगेन्द्र पराजुली
प्रकाशित मिति:
१५ चैत्र २०७९, बुधबार
Share it

खगेन्द्र पराजुली, नवलपुर, चैत १५ ।
नवलपुरमा जिल्लास्तरीय कोभिड १९ को खोप कार्यक्रमको समिक्षा तथा नियमित खोप कार्यक्रमको योजना तर्जुमा तथा छलफल गोष्ठी भएको छ । स्वास्थ्य कार्यालय नवलपुरको आयोजना तथा विश्व स्वास्थ्य संगठन (डब्लु एचओ) को खोपद्वारा सुरक्षित गर्न सकिने रोगहरूका क्षेत्रको आइपिडीको सहकार्य–समन्वयमा आयोजित गोष्ठीमा कोभिड–१९ को खोप प्रभावकारीताको विषय मुख्य चर्चा भएको थियो भने नियमित सेवा प्रवाह हुने खोप कार्यक्रम र अभियानको सन्दर्भ जोडिएको थियो ।
डब्लुएचओका खोपद्वारा सुरक्षित गर्न सकिने रोगहरूका क्षेत्रको आइपिडीका सर्भिलेन्स मेडिकल अफिसर डा. रामु शर्मा र स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका जनस्वास्थ्य निरिक्षक एवं खोप कार्यक्रमका फोकल पर्सन विष्णुप्रसाद सुवेदी मुख्य प्रशिक्षक रहेको कार्यक्रममा कोभिड १९ का खोप र नियमित खोपका बारेमा चर्चा, मानव स्वास्थ्यमा खोपका फाईदा, स्वास्थ्य क्षेत्रमा क्रियाशील संस्था र विषयगत जनशक्तिले निर्वाह गर्नुपर्ने भूमिकाका साथै स्वास्थ्य प्रगति उपलब्धि हासिल गर्न गर्नुपर्ने कामका विषयमा प्रशिक्षण दिएका थिए ।
जनस्वास्थ्य निरिक्षक एवं खोप फोकल पर्सन सुवेदीले अहिले कोभिडप्रतिको चासो विस्तारै हराउँदै गएको अवस्था रहेकाले प्राइमरी सिरिजमा पहिलो र दोस्रो मात्राको खोप लगाएका सवैलाई वुष्टर डोज लगाउन अभिपे्ररित गर्ने लक्ष्यका साथ अहिलेसम्मको प्रगतिको समिक्षा सहितको गोष्ठी सञ्चालन गरिएको बताए ।
उनका अनुसार गण्डकी प्रदेशमा कोभिड १९ संक्रमण विरुद्धको पहिलो मात्राको खोप ८८ प्रतिसतले लगाउँदा दोस्रो मात्रा भने १०३ प्रतिसतले लगाएको तथ्याङ्क रहेको सुनाए । उनका अनुसार कोभिड विरुद्धको जोन्सन एण्ड जोन्सन भ्याक्सिन एक मात्रा लगाउने खालको भएकाले सो खोप लगाएका ब्यक्तिहरुको गणना दोस्रो मात्रा लगाएको सूचीमा अभिलेखीकरण भएकाले यस्तो अन्तर देखिएको हो । तर, पहिलो र दोस्रो मात्रा लगाएका धेरै नागरिकले अतिरिक्त मात्राको बुष्टर डोज लगाउन हेलच्याक्रयाई गरेको सुवेदीको भनाई छ । उनका अनुसार गण्डकीमा बुष्टर डोज लगाउनेहरु ५१ प्रतिसत मात्रै छन् ।
उनले कोभिड १९ को खोप लगाउने क्रममा आइपरेका समस्या, सफलता र बुष्टर डोज कार्यक्रमलाई कसरी प्रभावकारी बनाउने बन्ने मुख्य उदेश्य र अहिलेसम्म सरकाले संक्रामक रोग विरुद्ध उपलब्ध गराउने भ्याक्सिन केन्द्रबाट प्रदेशको आपुर्ति केन्द्रमा पठाउने र जिल्लाले आपुर्तिले पठाएको भ्याक्सिन लगाउने सिष्टम थियो त्यसलाई परिमार्जन गरेर जुनसुकै क्षेत्रको बास्तविक आवश्यकताको आधारमा मात्रै खोप उपलब्ध गराउने भन्ने नीति अनुरुप आगामी वर्षका लागि सुक्ष्म योजना तयारी गर्ने उदेश्य रहेको बताए ।
यस्तै, प्रत्येक वर्षको बैशाखमा मनाईने खोप महिनाभन्दा अगाडी ५ वर्षमुनीका वालवालिकाले लगाउनुपर्ने सवै तालिका अनुसारका खोप लगाए नलगाएको लेखाजोखा सहित माघदेखि सञ्चालित घरधुरी सर्वेक्षणको समिक्षा र सर्वेक्षण हुन बाँकी ठाउँमा सक्रियताका साथ सम्पन्न गर्न गर्नुपर्ने क्रियाकलापका विषयमा कार्यक्रमको औचित्य रहेको उनले दावी गरे ।
कार्यक्रममा जिल्लाका आठै पालिकाका स्वास्थय शाखाका प्रमुख, चिकित्सक र स्वास्थ्यकर्मी सहभागी थिए । मंगलवार ४ पालिका र बुधवार ४ पालिकाबाट सहभागी भएका हुन् । आठै पालिकाका स्वास्थ्य शाखा प्रमुख, प्रत्येक पालिकास्तरीय अस्पतालबाट २ जना, वडामा भएका सरकारी स्वास्थ्य संस्थावाट १ जनाका दरले प्रतिनिधित्व हुने गरी कार्यक्रममा सहभागिता रहेको स्वास्थ्य कार्यालय नवलपुरका खरेलप्रसाद चौधरीले जनाएका छन् ।
स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशवप्रसाद चापागाईको अध्यक्षतामा भएको कार्यक्रमको समापन सत्रमा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले नागरिक स्वास्थ्यका सवालमा स्वास्थ्य मातहतका संस्था र जनशक्तिको  महत्वपूर्ण भूमिका र जिम्मेवारी रहने धारणा राखे ।

सम्बन्धित समाचारहरु

विकल्प संदेश 

सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित

सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com

संचालक :- उत्सव आचार्य 

प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली

 


समाचार
थप जानकारी
प्रतिलिपि अधिकार ©२०२१ विकल्प नवलपुर मिडिया प्रा. लि, सर्वाधिकार सुरक्षित
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram