logo bikalpa
१८ मंसिर २०८०, सोमबार
१८ मंसिर २०८०, सोमबार

अधिकांश नवलपुरे पत्रकारमा दृष्टिदोष

cropped-bs-author.jpeg
खगेन्द्र पराजुली
प्रकाशित मिति:
१६ चैत्र २०७९, बिहीबार
Share it

खगेन्द्र पराजुली, नवलपुर, चैत १६ ।
कावासोतीमा भएको निशुल्क आँखा शिविरमा ८० जनाले सेवा लिएका छन् । नेपाल पत्रकार महासघको ६८ औं स्थापना दिवसको अवसर पारेर आयोजित शिविरमा कृयाशील सञ्चारकर्मी, सञ्चारकर्मीका परिवार, प्रहरी कर्मचारी लगायतले आँखा जाँच गराएका हुन् । पत्रकार महासंघ नवलपुर शाखा र रोटरी क्लव अफ कावासोतीको संयुक्त आयोजनामा भएको निशुल्क शिविरको प्राविधिक परिक्षण, परामर्श र सहायक सामग्री चस्मा सहितको सेवा कावासोती थानाचोकमै रहेको मध्यविन्दु आँखा उपचार केन्द्र र द नेक्स्ट एजुकेशनले उपलब्ध गराएको हो ।
मध्यविन्दु आँखा उपचार केन्द्रको प्रयोगशालामा भएको चेकजाँचका क्रममा अधिकांशको आँखामा दृष्टिदोष पाईएको छ । परिक्षण गराएका ८० प्रतिसत पत्रकारलाई चस्मा लगाउन सुझाव र सिफारीस गरिएको अस्पतालका सञ्चालक प्रदीप प्रसाद भटराईले बताए ।
उनका अनुसार सुगर र प्रेसरको समस्या भएका केहीलाई भने प्रत्येक ६–६ महिनामा नियमित परिक्षण गर्न सुझाईएको छ ।
अधिकांशको आँखामा सुख्खापना बढ्दा आँखामा समस्या देखिएको उनी वताउँछन् । डिजिटल सामग्रीको नियमित वा अत्याधिक प्रयोग, सडकबाट सिर्जित प्रदुषणयुक्त धुलो–धुँवा र प्रसस्त हरियो सागसब्जीको सेवन नगर्दा पनि धेरैका आँखामा समस्या पहिचान भएको भटराई बताउँछन् । यस बाहेक उमेर अनुसार देखिने दृष्टिदोषका समस्या समेत पहिचान भएको छ ।
आँखाको सुरक्षाका लागि चस्मा लगाउनुपर्ने अवस्थामा पुगेकाले अनिवार्य रुपमा प्रयोग गर्न उनले सुझाव दिए । दृष्टिदोषले आँखालाई बोझ पार्ने भएकाले त्यसको असर टाउको हुदै मस्तिष्कसम्ममा पुग्ने भएकाले पनि चस्माले हेर्न–देख्न मात्रै नभएर टाउको दुख्ने समस्यालाई रोक्ने उनी बताउँछन् । त्यस्तै आँखालाई स्वस्थ राख्न वेलाबेलामा सफा पानीले अनुहार धोइरहने वानी वसाल्नु सबैभन्दा उत्तम उपचार हुने भटराई वताउँछन् । जटिलता बाहेकका सामान्य स्थितिमा महंगा औषधि प्रयोग गर्नुभन्दा आँखालाई कम्तीमा साँझमा एकपटक सफा पानीबाट बनेको आईसले सेक्नु फाईदाजनक हुने उनी बताउँछन् । लगातार डिजिटल सामग्रीको प्रयोगकै दौरान आधा घण्टाको अन्तरमा आँखालाई ५ मिनेट विश्राम दिनु राम्रो हुने उनको सुझाव छ ।
शिविरमा ४९ जना पत्रकार, ८ जना पत्रकारका परिवार र सिडियो सहित २३ जना प्रहरी कर्मचारीले सेवा लिएका रोटरी क्लव अफ कावासोतीका संस्थापक अध्यक्ष भरत शर्मा पोख्रेलले जनाएका छन् । शिविरमा पत्ता लागेका ४२ जना चस्मा लगाउनुपर्नेका छन् । पत्रकार मात्रै ३६ जनाले चस्मा लगाउनुपर्ने अवस्थाका भेटिए ।
पत्रकार महासंघ नवलपुरमा अध्यक्ष विरेन्द्र पराजुलीको अध्यक्षतामा औपचारिक कार्यक्रममार्फत शुरु भएको शिविरमा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालको प्रमुख आतिथ्यता रहेको थियो ।

सम्बन्धित समाचारहरु

विकल्प संदेश 

सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित

सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com

संचालक :- उत्सव आचार्य 

प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली

 


समाचार
थप जानकारी
प्रतिलिपि अधिकार ©२०२१ विकल्प नवलपुर मिडिया प्रा. लि, सर्वाधिकार सुरक्षित
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram