खगेन्द्र पराजुली, नवलपुर, चैत १६ ।
सुख्खायाम लागेसँगै आगोलागीका घटना हुन थालेको छ । आज विहिवार दिउँसो देवचुलीमा परालको टौवामा आगोलागी भएको छ । वडा नं. १२ को लक्ष्मीपुरमा आगलागीको घटना भएको वडाध्यक्ष लोकप्रसाद भेर्तेलले जानकारी दिए ।
स्थानीय रेशम न्यौपानेले पशु आहाराका लागि टौवामा भण्डारण गरेको करीव एक विगाहा जग्गाको परालको टौवामा लागेको आगो समयमा नै नियन्त्रण लिदा ७५ प्रतिसत पराल जोगिएको भुर्तेलले जानकारी दिए ।
वडाध्यक्ष भुर्तेको घर नजिकैका छिमेकीको टौवामा आगो लागेको आफैले छिट्टै देख्दा प्रहरी, दमकल लगायतमा खवर गरेको १० मिनेटमै दमकल घटनास्थल पुगेका कारण धेरै क्षति हुन नपाएको जनाईएको छ ।
कावासोती नगरपालिकाको दमकल, स्थानीय, प्रहरी लगायतको सहयोगमा अग्नि नियन्त्रणमा आएको हो । यस्तै, केही दिनयता नवलपुरका सामुदायिक बनहरुमा समेत डढेलोजन्य घटनाहरु भएका छन् । राजमार्ग नजिकका सामुदायिक बन सहित पडाडी क्षेत्रका सामुदायिक तथा कबुलियती बनमा डढेलो सल्किदा कतै नियन्त्रणमा लिईएको त कतै नियन्त्रणका प्रयासहरु जारी रहेको डिभिजन बन कार्यालयले जनाएको छ ।
सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित
सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com
संचालक :- उत्सव आचार्य
प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली