logo bikalpa
२२ जेष्ठ २०८०, सोमबार
२२ जेष्ठ २०८०, सोमबार

प्रगतिनगरमा जारी ब्याडमिन्टन प्रतियोगिताः आज सेमीफाईनल र फाईनल एकैदिन

cropped-bs-author.jpeg
खगेन्द्र पराजुली
प्रकाशित मिति:
१८ चैत्र २०७९, शनिबार
Share it

खगेन्द्र पराजुली, नवलपुर, चैत १८ ।

देवचुली - १५ प्रगतिनगरमा जारी ब्याड‌मिण्टन प्रतियोगिताको ४० वर्ष उमेरमाथीको भेट्रानतर्फ ४ टीम सेमिफाइनल प्रवेश गरेका छन् ।

शुक्रवार राती भएका ८ खेलबाट सेमीफाइ‌नलमा धनबहादुर आले र मनबहादुर तामाङसँग परशुराम अधिकारी र विदेश श्रेष्ठ तथा राजु हमाल र वावुराम पुरीसँग कुमार प्रधान र जीवन श्रेष्ठको समूह फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछन । भेट्रानतर्फ १६ टीम सहभागी भएका थिए ।

नवप्रगति युवा क्लवले सञ्चालन गरेको प्रतियोगिताको वडा अध्यक्ष सुरेशकुमार रानाभाटले ब्याडमिन्टन खेलेरै उद्‌घाटन गरे ।

जनज्योति माविको खेल मैदानस्थित प्रस्तावित ब्याडमिण्टन कोर्टमा भएको औपचारिक उद्घाटन कार्यक्रमको अध्यक्षता क्लवका अध्यक्ष सुरजकान्त सुवेदीले गरेका थिए ।

उद्‌घाटन सत्रमा जन ज्योति आदर्श बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष एवं क्लवका पूर्व अध्यक्ष दयाराज तिवारी, निवर्तमान अध्यक्ष रोशन राउत, पूर्वअध्यक्ष नारायण तिमिल्सिना, सल्लाहकार श्याम शर्मा भुसाल लगायतले युवा र खेल बीचको सम्बन्ध र भूमिकाका विषयमा बोलेका थिए ।

स्वर्गीय द्वारीका साँख श्रेष्ठ र कल्पना साँख श्रेष्ठको स्मृतिमा आयोजित प्रतियोगितालाई छोराहरु अमित, विजय, सुमित साँख श्रेष्ठ र छोरी सहनशिला श्रेष्ठले आर्थिक सहयोग गरेका छन् ।

यस्तै भेट्रानपछि सम्पन्न बी लेभल खेलबाट हिक्मत वली र आमोश बिरकट्टासँग धनबहादुर आले र मनबहादुर तामाङ तथा गोबिन्द सुनार र आकाश श्रेष्ठसँग संदीप पौडेल र मिलन महतो सेमीफाईनल चरणमा प्रवेश गरेका छन् खेल बेष्टअफ थ्री नियममा खेलाईएको छ । सेमिफाइनल र फाईनल खेल आजै हुनेछन् ।

सम्बन्धित समाचारहरु

विकल्प संदेश 

सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित

सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com

संचालक :- उत्सव आचार्य 

प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली

 


समाचार
थप जानकारी
प्रतिलिपि अधिकार ©२०२१ विकल्प नवलपुर मिडिया प्रा. लि, सर्वाधिकार सुरक्षित
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram