खगेन्द्र पराजुली, देवचुली, चैत १९ ।
नव प्रगति युवा क्लवले प्रथम नगरस्तरीय ब्याडमिण्टन प्रतियोगिता गरेको छ। देवचुली-१५ प्रगतिनगरमा २ दिवसीय प्रतियोगिता गरेको हो। स्वर्गीय द्वारीका साँख श्रेष्ठ र कल्पना साँख श्रेष्ठ स्मृतिमा आयोजित प्रतियोगितामा ३ श्रृंखलाका खेल भएका थिए। क्लवले ए, वी र भेन्ट्रान्स लेभलका तीन श्रृंखलामा प्रतियोगिता गरेको हो । जन ज्योति मावि प्रगतिनगरको खेल मैदानमा स्थित प्रस्तावित ब्याडमिन्टन कोर्टमा सञ्चालित प्रतियोगितामा तीनै श्रृंखलामा ३६ टीम सहभागी थिए।
आयोजित ए लेभलको प्रतिस्पर्धामा विकलराज भण्डारी र कुल वहादुर जर्गाले प्रथम कप हात पारे । फाइनल प्रतिस्पर्धामा उत्रेका सुधिर केसी र दयाराज पोखेलको समूहलाई पराजित गर्दै विकल र कुलले प्रथम स्थान हात पारेका हुन् । फाइनलमा उपविजेता बनेका सुधिर र दयाराजले दोस्रो स्थानमा चित्त वुझाए। यस्तै रितेश गोविन्द श्रेष्ठ र प्रेम तामाङ्को एक समूह तथा आकाश कुमार श्रेष्ठ र गोविन्द सुनारको टोलीले ए लेभलमा तेस्रो पुरस्कार प्राप्त गरे ।
यस्तै, बी लेभलको खेलमा आकाश कुमार श्रेष्ठ र गोविन्द सुनारको जोडीले प्रथम कप उचाल्यो । आकाश र गोविन्दले हिक्मत वली र आमोश गुरुङको जोडीलाई हराउँदै प्रथम स्थान सुरक्षित गरे। फाइनलमा उपविजेता बन्दा हिम्मत र आमोशले दोस्रोमा चित्त बुझाए । वि लेभलको तृतीय स्थान धन वहादुर आले र मन वहादुर तामाङ्को एक तथा सन्दीप पौडेल र मिलन महतोको अर्को टोलीले हात पारे ।
४० वर्ष माथीको भेन्ट्रान्स कप भने धन वहादुर आले र मन वहादुर तामाङकै समूहले उचालेको छ । धन वहादुर र मन वहादुरले जीवन श्रेष्ठ र कुमार श्रेष्ठको जोडीलाई हराउँदै प्रथम स्थान सुरक्षित गरेको हो। जीवन र कुमारले दोस्रो स्थानमा चित्त बुझाए । भेन्ट्रान्स खेलको तृतीय स्थानमा परशुराम अधिकारी र विदेश श्रेष्ठ तथा वावुराम पुरी र राजु हमालले चित्त बुझाए।
प्रथम, द्वितीय र तृतीय हुने समूहका खेलाडीले नगद, कप, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
ए लेभलको पुरस्कार स्वरूप प्रथम, द्वितीय, तृतीयका लागि नगद राशी रु. ७ हजार, ४ हजार र २ हजार थियो । यस्तै बी लेभलको क्रमश: १० हजार, ६ हजार र २ हजार नगद राशीको पुरस्कार रहेको थियो । भने भेन्ट्रान्सतर्फका विजेताले क्रमशः ८ हजार, ४ हजार र १ हजार ५ सय नगद प्राप्त गरे ।
प्रतियोगितामा उत्कृष्ट खेलाडी तर्फको अवार्ड, प्रमाणपत्र र मेडल बी लेभलमा प्रतिस्पर्धा गरेका जुम्ल्याहा खेलाडी दाजुभाइद्वय प्रतिस र प्रयास पौडेलले पाए। शुक्रवार उद्घाटन भएको प्रतियोगिता शनिवार सकिएको हो।
विजेतालाई पुरस्कार नगल, कप, ट्रफी र प्रमाणपत्र समापन सत्रका प्रमुख अतिथि वडा नं. १५ का अध्यक्ष शुरेश कुमार रानाभाट, वडा नं. १० का अध्यक्ष रेफ्ती कुमार घर्ती, क्लवका संस्थापक अध्यक्ष भूपति रानाभाट, सल्लाहकार संयोजक श्यामशर्मा भुसाल, क्लवका अध्यक्ष सुरज कान्त सुवेदी लगायतले हस्तान्तरण गरेका थिए । प्रतियोगितालाई मुख्य प्रायोजन गरेका स्वर्गीय द्वारीका साँख श्रेष्ठ र कल्पना साँख श्रेष्ठका छोराहरु अमित, विजय, सुमित साँख श्रेष्ठलाई दोसल्ला तथा सम्मान पत्र सहित अभिनन्दन गरिएको थियो ।
सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित
सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com
संचालक :- उत्सव आचार्य
प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली