logo bikalpa
१८ मंसिर २०८०, सोमबार
१८ मंसिर २०८०, सोमबार

कावासोती खानेपानीले बाड्यो निशुल्क धारा

cropped-bs-author.jpeg
खगेन्द्र पराजुली
प्रकाशित मिति:
२१ चैत्र २०७९, मंगलवार
Share it

खगेन्द्र पराजुली, नवलपुर, चैत २१ ।
कावासोती खानेपानी संस्थाले अति विपन्न परिवारलाई निशुल्क खानेपानीको धारा वितरण गरेको छ । संस्थाको कार्यालयमा एक कार्यक्रमको आयोजना गरी पहिलो चरणमा २० जना आवेदकलाई निशुल्क धारा जडान गर्ने अभिप्रायका साथ मिटर हस्तान्तरण गरेको हो ।
सवै नागरिकको पहुँचमा खानेपानीको सहज सेवा पुर्याउने उदेश्य अनुरुप शुल्क तिरेर धारा जडान गर्न नसक्ने परिवारको छनोट गरी चालु वर्षको संस्थाको नीति–कार्यक्रम बमोजिम धारा वितरण गरेको संस्थाका अध्यक्ष दीपकराज लम्सालले बताए ।
फागुन मसान्तसम्म १५ दिनको म्याद दिएर आवेदन माग गरिएकोमा ५१ जनाले निशुल्क धारा जडानका लागि आवेदन दर्ता गरेका थिए । चालु आर्थिक वर्षका लागि संस्थाले छुट्याएको ४ लाख रुपैंया बजेटको सिलिङमा रहेर २० निवेदकलाई पहिलो चरणमा निशुल्क धारा उपलब्ध गराएको लम्सालले बताए ।
संस्थाले विभिन्न मापदण्ड सहित रित पुगेका सेवाक्षेत्रभित्रका उपभोक्तालाई धारा वितरण गरेको जनाएको छ ।
सम्वन्धित वडा कार्यालयका अध्यक्ष र खानेपानी संस्थाका वडा प्रतिनिधि समेतको सिफारीस सहित परेका निवेदन उपर खानेपानीको अनुगमन उप समितिले अनुगमन पश्चात गरेका सिफारीसलाई कार्यान्वयन गरिएको अध्यक्ष लम्सालले बताए ।
उनका अनुसार संस्थाको नियमानुसार धारा जडान गर्न लाग्ने धरौटी शुल्क, संस्था र बाहिर पसलबाट खरिद गर्नुपर्ने धाराका आधारभूत सामग्री, पाइप समेत गरी प्रति एक धारा २० हजार बरावरको सेवा खानेपानीले बेहोर्दै विपन्नका लागि निशुल्क धारा वितरण भएको जनाईएको छ ।
संस्थाकै नीति तथा कार्यक्रमबाट आफू निर्वाचित भएको ३ महिनामा विपन्न लक्षित सामाजिक उत्तरदायित्वको कार्यक्रम गरिएको र यसलाई निरन्तरता दिईने अध्यक्ष लम्सालले बताएका छन् ।
यसअघि कावासोती नगरपालिकाले वडा नं. ८ मा ७ जना र वडा नं. ९ ले ५ घर विपन्न परिवारलाई निशुल्क धारा जडान गरिदिएको थियो ।
धारा वितरण कार्यक्रममा कावासोती खानेपानीका संस्थापक अध्यक्ष एवं नगर प्रमुख विष्णुप्रसाद भुसालले नगरबासीलाई स्वस्थ र सुलभ खानेपानीको ब्यवस्था मिलाउन नगरभित्र रहेका खानेपानी संस्थासँग सहकार्य र समन्वय गरिरहेको बताउँदै आगामी दिनमा पनि निरन्तरता दिने प्रतिवद्धता गरे ।
सोही अवसरमा खानेपानी संस्थाका निवर्तमान अध्यक्ष भीम कंडेलले चुनौतीको रुपमा रहेको खानेपानी चुहावटको समस्या समाधानतर्फ ध्यान दिन सुझाव दिए ।
करीव ८ हजार ६ सय उपभोक्ता रहेकामा ५० हजार स्थायी बासिन्दा र ३० हजार अस्थायी रुपमा भाडामा बस्ने गरी करीव ८० हजार जनसंख्या कावासोती खानेपानी संस्थाले आपुर्ति गर्ने खानेपानीबाट  लाभान्वित रहेको पछिल्लो तथ्याङ्क संस्थाको छ ।

सम्बन्धित समाचारहरु

विकल्प संदेश 

सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित

सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com

संचालक :- उत्सव आचार्य 

प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली

 


समाचार
थप जानकारी
प्रतिलिपि अधिकार ©२०२१ विकल्प नवलपुर मिडिया प्रा. लि, सर्वाधिकार सुरक्षित
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram