logo bikalpa
२२ जेष्ठ २०८०, सोमबार
२२ जेष्ठ २०८०, सोमबार

आठ महिनामा झण्डै साढे ५ लाख नेपाली रोजगारीका लागि विदेशिए

cropped-bs-author.jpeg
खगेन्द्र पराजुली
प्रकाशित मिति:
२१ चैत्र २०७९, मंगलवार
Share it

चैत २१ ।
चालु आर्थिक वर्षको बितेका आठ महिनामा झण्डै साढे पाँच लाख नेपालीहरू रोजगारीका लागि बिदेसिएका छन् ।
वैदेशिक रोजगार विभागले श्रम स्वीकृति दिएको तथ्याङ्क अनुसार गएको साउनदेखि फागुनसम्म पाँच लाख ४० हजार ६ सय ८१ जना युवा रोजगारीका लागि बिदेसिएका हुन् ।
बिदेसिनेमा झण्डै चार लाख ९१ हजार ३२१ जना पुरुष रहेका छन् भने ४८ हजार ३५४ जना महिला रहेको विभागले जनाएको छ ।
नेपालीहरु यो अविधिमा संसारका विभिन्न १ सय २० देशमा बैदशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका छन् ।
यो सङ्ख्या नयाँ र पुनः श्रम स्वीकृति लिनेको समेत हो । कोरोना महामारी अघिसम्म वैदेशिक रोजगारीमा जानेको सङ्ख्या दैनिक सरदर एक हजार जना थियो । तर पछिल्लो समय यो सङ्ख्या दोब्बरले बढेको छ । खाडीका देशसँगै केहीवर्षयता युरोप लगायतका देशमा पनि रोजगारीका लागि जाने नेपालीको सङ्ख्या बढ्न थालेको विभागले जनाएको छ ।
सरकारले संस्थागत रूपमा वैदेशिक रोजगारीमा जान १११ देश खुला गरेको छ । जसमध्ये, लिबिया, सिरिया र अफगानिस्तानमा नेपालीलाई रोजगारीमा पठाउन प्रतिबन्ध लगाएको छ ।
व्यक्तिगत रूपमा भने संसारका विभिन्न १७८ देशमा नेपालीहरू रोजगारीका लागि पुगिरहेका छन् ।

सम्बन्धित समाचारहरु

विकल्प संदेश 

सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित

सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com

संचालक :- उत्सव आचार्य 

प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली

 


समाचार
थप जानकारी
प्रतिलिपि अधिकार ©२०२१ विकल्प नवलपुर मिडिया प्रा. लि, सर्वाधिकार सुरक्षित
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram