logo bikalpa
१८ मंसिर २०८०, सोमबार
१८ मंसिर २०८०, सोमबार

मलको आवश्यक व्यवस्था मिलाउने पहल भएको छ–कृषि मन्त्री डा. भुसाल

cropped-bs-author.jpeg
खगेन्द्र पराजुली
प्रकाशित मिति:
२१ चैत्र २०७९, मंगलवार
Share it

चैत २१ ।
कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. बेदुराम भुसालले रासायनिक मलको आवश्यक व्यवस्था मिलाउने पहल भइरहेको बताउनुभएको छ।
आज मंगलबार राष्ट्रिय सभा बैठकमा सांसदले उठाएका जिज्ञासाको जवाफ दिनेक्रममा उहाँले यस वर्षका लागि मलको आवश्यक व्यवस्था मिलाउन करिब ७५ प्रतिशत सम्झौता भइसके पनि त्यसलाई ल्याउने कुराको टुङ्गो नभएको सदनलाई जानकारी गराउनु भएको हो ।
रासायनिक मलको अभाव रहेको तथ्य उल्लेख गर्नुहुँदै उहाँले कहिले आयात हुन्छ भनेर भन्न सकिने अवस्था नरहेको प्रष्ट पार्नुभयो ।
अन्य मुलुकको यातायात व्यवस्था कतिको सहयोगी हुन्छ भन्ने कुराले यसलाई निर्धारण गर्ने भएकाले मलको आयात यति नै हुन्छ भनेर भन्न सक्ने अवस्था सरकारसँग नरहेको पनि मन्त्री भुसालको भनाइ छ।
मन्त्री भुसालले रासायनिक मलको आवश्यक व्यवस्था मिलाउन र कृषकलाई ऋण र अनुदान उपलब्ध गराउने कार्यमा दुरुपयोग हुन नदिने विषयमा लिखित सुझाव दिन सांसदलाई आग्रह गर्नुभयो।
मन्त्री भुसालले सरकारले किसानको समस्या समाधानका निम्ति सांसदले दिएको सुझावलाई ग्रहण गरेर अघि बढ्ने प्रतिबद्धता पनि पटक पटक दोहो¥याउनुभयो।

सम्बन्धित समाचारहरु

विकल्प संदेश 

सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित

सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com

संचालक :- उत्सव आचार्य 

प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली

 


समाचार
थप जानकारी
प्रतिलिपि अधिकार ©२०२१ विकल्प नवलपुर मिडिया प्रा. लि, सर्वाधिकार सुरक्षित
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram