logo bikalpa
२२ जेष्ठ २०८०, सोमबार
२२ जेष्ठ २०८०, सोमबार

सवारी साधनको इम्बोस्ड नम्बर नेपालीमा

cropped-bs-author.jpeg
खगेन्द्र पराजुली
प्रकाशित मिति:
२१ चैत्र २०७९, मंगलवार
Share it

चैत २१ ।
सरकारले सवारी साधनमा प्रयोग हुने सबै प्रकारका नम्बर नेपालीमा लेखिएको इम्बोस्ड नम्बर प्लेट जडानको व्यवस्था गर्ने भएको छ ।
हाल बंगलादेशी कम्पनी डुकाटुर टाइगरले ठेक्का पारेर अंग्रेजीमा नम्बर प्लेट छापिरहेका बेला त्यसलाई नेपालीमा रूपान्तरण गर्ने प्रक्रिया अगाडि बढेको हो ।
इम्बोस्ड नम्बर प्लेट नेपालीमा राख्ने व्यवस्था गर्न सरकारले यातायात व्यवस्था ऐन नै संशोधन गर्ने निर्णय गरेको छ ।
सोमवारको मन्त्रिपरिषद् बैठकले अंग्रेजीमा इम्बोस्ड नम्बर प्लेट राख्ने व्यवस्था परिवर्तन गरेर नेपालीमा राख्न निर्देशन दिने निर्णय गरेको छ ।
बैठकले ‘सवारी तथा व्यवस्था ऐन २०४९’ को अनुसूची २ मा हेरफेर गर्न स्वीकृति दिने निर्णय गरेको हो ।
यो स्वीकृतिसँगै अहिले अंग्रेजीमा राखिँदै आएको इम्बोस्ड नम्बर प्लेटलाई अब नेपालीमा राख्ने गरी यातायात ऐन संशोधन हुने भएको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।
शर्माले आज मंगलवार पत्रकार सम्मेलनमार्फत नेपालीमा लेखिएको इम्बोस्ड नम्बर प्लेट जडानको व्यवस्था गर्ने भएको बताईन् ।

सम्बन्धित समाचारहरु

विकल्प संदेश 

सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित

सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com

संचालक :- उत्सव आचार्य 

प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली

 


समाचार
थप जानकारी
प्रतिलिपि अधिकार ©२०२१ विकल्प नवलपुर मिडिया प्रा. लि, सर्वाधिकार सुरक्षित
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram