logo bikalpa
१८ मंसिर २०८०, सोमबार
१८ मंसिर २०८०, सोमबार

देवचुलीमा टोल विकास संस्थाका पदाधिकारी–सदस्यलाई अभिमुखीकरण

cropped-bs-author.jpeg
खगेन्द्र पराजुली
प्रकाशित मिति:
२४ चैत्र २०७९, शुक्रबार
Share it

खगेन्द्र पराजुली,
नवलपुर, चैत २४ ।
देवचुली नगरपालिकाले टोल विकास संस्थाका पदाधिकारी तथा सदस्य लक्षित अभिमुखीकरण तालिम सञ्चालन गरेको छ । १७ वटै वडामा क्रमिक रुपमा सम्पन्न गरिने तालिम शुक्रवार वडा नं. १० मा भएको हो ।
प्रत्येक वडाभित्र कायम रहेका टोलमा ति टोलका आवश्यकता, समस्या, प्रगति, उपलब्धिका विषयमा वडासँग समन्वय गर्दै योजना माग, टोल सुरक्षा, सार्वजनिक–सामाजिक सहभागिताका सन्दर्भमा पुलको काम गर्न सक्ने काम, कर्तब्य र अधिकारका विषयमा प्रशिक्ष्एक दिने अभिमुखीकरण भएको वडाध्यक्ष रेप्तीकुमार घर्तीले जानकारी दिए ।
वडाअध्यक्ष घर्तीको अधयक्षतामा भएको प्रशिक्षणात्मक अभिमुखीकरणमा देवचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद मरासिनी र सूचना अधिकृत अविनास पन्थीले विषयबस्तुमाथी प्रस्तुतीकरण गरेका थिए ।
कार्यक्रमको सहजीकरण रोजगारा शाखा संयोजक अनिता ज्ञवालीले गरेकी थिईन् । देवचुली १० मा ७ वटा टोल विकास संस्था छन् । ति संस्थामध्ये ५ वटामा ९, एउटामा ११ र अर्को एउटामा ७ सदस्य गरी जम्मा ६३ जना पदाधिकारी–सदस्य छन् ।
नगरपालिकाले आगामी आर्थिक वर्षको योजना तर्जुमा लागि अव निकट भविश्यमै वडा–वडामा योजना संकलन कार्य थाल्नेछ । योजना संकलन पुर्व १७ वटै वडामा रहेका सबै टोल विकास संस्था लक्षित संस्थाको काम कर्तब्य र अधिकारका विषयमा अभिमुखीकरण सम्पन्न गर्ने गरी कार्यक्रम गरिएको नगरपालिकाले जनाएको छ ।

सम्बन्धित समाचारहरु

विकल्प संदेश 

सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित

सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com

संचालक :- उत्सव आचार्य 

प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली

 


समाचार
थप जानकारी
प्रतिलिपि अधिकार ©२०२१ विकल्प नवलपुर मिडिया प्रा. लि, सर्वाधिकार सुरक्षित
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram