logo bikalpa
२२ जेष्ठ २०८०, सोमबार
२२ जेष्ठ २०८०, सोमबार

नव नेपालको १७ औं वार्षिकोत्सव

cropped-bs-author.jpeg
खगेन्द्र पराजुली
प्रकाशित मिति:
२४ चैत्र २०७९, शुक्रबार
Share it

खगेन्द्र पराजुली,
नवलपुर, चैत २४ ।
२०६२–०६३ को जनआन्दोलन सुरु भएकै दिन स्थापित नव नेपाल आधारभूत विद्यालयले स्थापनाको १७ औं वार्षिकोत्सव मनाएको छ । देवचुली नगरपालिकाको वडा नं. १० भगवतीटोलमा रहेको नवनेपाल आधारभूत विद्यालयले स्थापना दिवस तथा नतिजा प्रकासन कार्यक्रम गरेको हो । १७ औं वार्षिकोत्सव तथा शैक्षिक सत्र २०७९ को नतिजा प्रकाशन समेत साथसाथै भएको समारोहमा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सहितको प्रगति हासिल गर्न शिक्षक–कर्मचारीले निष्ठापुर्वक जिम्मेवारी वहन गर्न शिक्षा विकास तथा समन्वय ईकाई नवलपुरका प्रमुख रुद्र शर्माले आग्रह गरे ।
कार्यक्रममा प्रमुख अतिथिका रुपमा सहभागी भएका शर्माले अत्यन्त महत्वपूर्ण समयमा विशेष लक्ष्य उदेश्य सहित स्थापित नव नेपालको बारेमा आफुले सुन्दा आधारभूततर्फको सामुदायिक विद्यालयको नमूना र उदाहरणीय विद्यालयका रुपमा महसुस भएको बताए । उनले भने–“तपाईहरुका कुरा सुन्दा महत्वपूर्ण समयमा स्थापित यस विद्यालयलाई प्राथमिकतर्फ जिल्लाकै अनुकरणीय विद्यालय बनाउन सक्छौं भन्ने मलाई लाग्यो । १–५ कक्षाको विद्यालयले १८३ जना विद्यार्थी अध्ययनरत गर्नु भनेको सामुदायिक विद्यालयका लागि अत्यन्त नमूनायोग्य संख्या हो ।”
ईकाई प्रमुख शर्माले विद्यालय र समुदायबीचको सुमधुर सम्वन्ध, विद्यालय ब्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, शिक्षक–कर्मचारी, विद्यार्थी र अभिभावकको सम्वन्ध नै शैक्षिक स्तरमा गुणात्मक सुधार र प्रगति हासिल हुने आधार भएको बताए ।
उनले शिक्षक अभिभावक संघ शैक्षिक वेथितिको नियमन गर्न सक्ने अधिकार प्राप्त समिति भएकाले विद्यालय प्रशासन र ब्यवस्थापन समिति समेतको निगरानी शिक्षक अभिभावक संघले राख्नुपर्ने बताए । उनले भने– “ब्यवस्थापन समितिले शैक्षिक हित विपरीत कुनै निर्णय गर्यो भने शिक्षक अभिभावक संघले निर्णय रोक्न वा कार्यान्वयन नगर्ने आदेश समेत दिन सक्छ । हामीकहाँ अधिकार र कर्तब्यको पूर्ण ज्ञान नभएर हो वा के हो शिक्षक अभिभावक संघ धेरै ठाउँमा निस्क्रिय छन् । अव सक्रिय हुनुहोस् ।”
कार्यक्रममा वडा नं. १० का अध्यक्ष रेप्तीकुमार घर्ती मगर, शिक्षक अभिभावक संघ गण्डकीका अध्यक्ष श्यामशर्मा भुसाल, पूर्व शिक्षक प्रितम भुजले लगायत विद्यालयसँग जोडिएका ब्यवस्थापन समितिका पूर्व पदाधिकारी, विद्यार्थी लगायतले शुभकामना भनाई राखेका थिए ।
विद्यालयका प्रधानाध्यपक रामप्रसाद गौतमले विद्यालय स्थापनाको सारांश ईतिहासलाई पुनरावृत्ति गर्दै हालको शैक्षिक, भौतिक, आर्थिक स्थिति सहितको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
समारोहमा यस शैक्षिक सत्रमा विभिन्न कक्षा तहमा शैक्षिक तथा अन्य खेलकुद र अतिरिक्त क्रियाकलापतर्फ उत्कृष्ट भएका विद्यार्थीलाई पुरस्कार प्रदान गरिएको थियो । विद्यार्थीले साँस्कृतिक प्रस्तुति प्रदर्शन गरेका थिए ।
विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष केशवप्रसाद भटराईको अध्यक्षतामा भएको समारोहको सञ्चालन शिक्षक ठाकृुर खनालले गरेका थिए भने स्वागत शिक्षिका यशोदा घिमिरेले गरेकी थिईन् ।
जनआन्दोलनको गर्भबाट जन्मिएको सामुदायिक विद्यालयका संस्थापकले सामुदायिकतर्फ नर्सरीदेखि नै अंगेजी माध्यमको अध्ययन–अध्यापन गराउने पहिलो विद्यालयको रुपमा आफुलाई दावी गर्दै आईरहेका छन् । हरेक बालवालिकाले निशुल्क रुपमा गुणस्तरीय शिक्षा पाउनुपर्छ भनेर २०६२ सालमा समुदायस्तरमा स्थापित विद्यालयले तत्कालिन समयमा स्वयंसेवी शिक्षकका माध्यमवाट निशुल्क रुपमै अंग्रेजी माध्यममै अध्यापन गराएको थियो । पछिल्लो समय विद्यालय सञ्चालनार्थ सहयोगका रुपमा आर्थिक जोहो गर्ने गरिएको प्रधानाध्यापक गौतम बताउँछन् ।
कक्षा ५ सम्म पढाई हुने विद्यालयमा १४ जना शिक्षक–कर्मचारी कार्यरत छन् । जसमध्ये स्थायी २, अस्थायी १, राहत १, बाल बिकास १, कर्मचारी १, आन्तरिक स्रोततर्फ ७ जना शिक्षक र खाजा सहयोगी १ जना छन् ।

सम्बन्धित समाचारहरु

विकल्प संदेश 

सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित

सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com

संचालक :- उत्सव आचार्य 

प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली

 


समाचार
थप जानकारी
प्रतिलिपि अधिकार ©२०२१ विकल्प नवलपुर मिडिया प्रा. लि, सर्वाधिकार सुरक्षित
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram