logo bikalpa
११ आश्विन २०८०, बिहीबार
११ आश्विन २०८०, बिहीबार

प्रगतिनगरमा फायर हाईड्रेण्टः दमकल नभएका ठाउँमा हुनसक्छ प्रभावकारी विकल्प

cropped-bs-author.jpeg
खगेन्द्र पराजुली
प्रकाशित मिति:
२४ चैत्र २०७९, शुक्रबार
Share it

खगेन्द्र पराजुली,
नवलपुर चैत २४ ।
प्रगतिनगर खानेपानीले सम्भावित आगलागीका घटनालाई छिटो नियन्त्रणमा लिने उदेश्यले सेवाक्षेत्रभित्रका मुख्य ६ स्थानमा फायर हाईड्रेण्टका प्वाईन्ट खोलेको छ ।
विगतका वर्षमा २ स्थानमा जडान भएको हाइड्रेण्ट यसवर्ष फागुन र चैतमा ४ स्थानमा जोडेको हो ।
प्रारम्भमा घना बस्ती भएका क्षेत्र पहिचान गरी जडान गरिएको प्रगतिनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष खिमानन्द भुसालले जानकारी दिएका छन् । विशेष गरी सुख्यायामको सयम चैत र बैशाखमा आगलागीका घटनाको जोखिम बढी हुने भएकाले ढिला नगरी प्राथमिकताका साथ हाईड्रेण्ट स्थापना गरिएको भुसालले बताए ।
प्वाईन्ट रहेको नजिकैको स्थानमा आगो निभाउन्ुपरेमा अतिरिक्त पाईप जडान गरी तुरुन्तै नियन्त्रण कार्य गर्न सकिने र पाईप अपुग भएको ठाउँमा दमकलमा पानी भर्ने नजिकको स्रोतको रुपमा प्रयोग हुने गरी प्वाईण्टहरु खोलिएका हुन् ।
३ वर्ष अगाडि जडान गरिएको देवचुली १० को हाईड्रेण्डबाट एउटा आगोलागीको घटना छिट्टै नियन्त्रणमा लिएको संस्थाको अभिलेख छ ।
बर्षेनी यस क्षेत्रमा आगोलागीका घटनाहरु हुँदा आकस्मिक विपत नियन्त्रण र सामाजिक उत्तरदायित्व अन्तर्गत पुर्वाधार खडा गरिएको भुसालले बताए ।
खर्चका हिसावले हाइड्रेण्ट जडानमा धेरै खर्चिलो नरहेको उनी बताउँछन् । खानेपानी संस्थाकै कर्मचारी परिचालन गरेर खोलिएका ४ वटा प्वाईण्टको लागत करीव १ लाख २० हजार छ । यो खर्च आवश्यक सामग्री खरिदको हो ।
उनले यो पुर्वाधारलाई थप विस्तार गर्ने योजना रहेको बताए । स्थानीय सरकारसँगको लागत साझेदारीमा यसलाई विस्तार गर्ने विषयमा आफुले वहस सुरु गरिसकेको उनी बताउँछन् । उनी भन्छन– “यसमा हामीले खानेपानी संस्थाको तर्फबाट एउटा कार्यको शुरुवात थालेका छौं । नगर र वडामा विपतसँग सम्वन्धित कार्यक्रम र योजनाहरु छन् । विपत भनेको बाढी–पहिरो, आँधी–हुरीसँगै आगलागी पनि हो भन्ने बुझनुपर्यो । वडा र नगरले सहकार्य गर्ने हो भने धेरै ठाउँमा यस्ता पुर्वाधार खडा गर्न सकिन्छ र दमकल आउने समयसम्ममा धेरै क्षति रोक्न सकिन्छ ।” दमकलको प्रवन्ध गर्न नसकेका तर पर्याप्त पानीको प्रवाह भएका ठाउँमा हाईड्रेण्टको प्रभावकारीता उत्तम हुने उनको तर्क छ ।
देवचुलीमा एउटा पनि दमकल छैन । यहाँ अन्तरराष्ट्रिय स्तरको सिजी उद्योग बाहेक दर्जन उद्योग कलकारखाना सञ्चालनमा छन् । प्रज्ववलनशील वस्तु, बारुदजन्य सामग्री, विद्युत चुहावट, वनको डढेलो हावाहुरीका माध्यमबाट बस्ती प्रवेश गर्दा जस्ता विभिन्न माध्यमबाट यहाँ बर्षेनी आगोलागीका घटना हुँदा नागरिकले चिन्ता र चासो राख्दै नगरपालिकामा खवरदारी गरे पनि अहिलेसम्म नगरले दमकल राख्न सकेको छैन ।

सम्बन्धित समाचारहरु

विकल्प संदेश 

सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित

सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com

संचालक :- उत्सव आचार्य 

प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली

 


समाचार
थप जानकारी
प्रतिलिपि अधिकार ©२०२१ विकल्प नवलपुर मिडिया प्रा. लि, सर्वाधिकार सुरक्षित
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram