खगेन्द्र पराजुली,
नवलपुर, चैत २५ ।
माओवादी केन्द्र निकट अखिल नेपाल किसान महासंघ क्रान्तिकारी केन्द्रको देवचुली नगर समितिको अध्यक्षमा टेकराज भुसाल चयन भएका छन् । दलदलेमा भएको नगर अधिबेशनले भुसालको अधयक्षतामा २१ सदस्यीय नगर समिति गठन गरेको नेकपा माओवादी केन्द्र देवचुली नगर समिति अध्यक्ष सत्यनारायण भुसालले जानकारी दिएका छन् ।
भुसालले दिएको जानकारी अनुसार उपाध्यक्षमा भुपाल लुंगेली, जुद्ध प्रसाद वाग्ले र सचिवमा यम बहादुर ढकाल सहित २१ सदस्यीय समिति सर्वसम्मत चयन भएको छ ।
पार्टीका बैकल्पिक केन्द्रिय सदस्य एवं जिल्ला संयोजक बालकृष्ण रानाभाटको प्रमुख आतिथ्यता रहेको कार्यक्रमको अध्यक्षता अखिल नेपाल किसान महासंघ क्रान्तिकारी केन्द्र देवचुली नगर भेला आयोजक समितिका संयोजक त्रिलोचन पराजुलीको रहेको थियो ।
प्रमुख अतिथि रानाभाटले यतिवेला पार्टीका अध्यक्षको नेतृत्वको सरकार भएको र किसानको हितमा काम गर्ने सरकारको योजना भएकाले समग्र किसानलाई महासंघमा संगठित गर्न आग्रह गरे ।
उनले कृषक, भूमिहीन र सुकुम्वासी समेतको संरक्षण गर्ने पार्टी माओवादी पार्टी भएको जिकिर गर्दै सवै श्रमजीवी कृषकलाई संगठनमा गोलबन्द गर्दै पार्टी मजवुत वनाउन निर्देशन समेत गरे ।
अखिल नेपाल किसान महासंघ क्रान्तिकारी केन्द्रका केन्द्रिय सदस्य रामनारायण भुसाल, पार्टीका नगर अध्यक्ष सत्यनारायण भुसाल, पार्टीको जिल्ला समन्वय समितिका सदस्य गोमा दवाडी घिमिरे, दुर्गा भुसाल लगायत अतिथिको उपस्थिति रहेको थियो ।
भेला आयोजक समितिका सदस्य बालकृष्ण कंडेलको सञ्चालनमा भएको अधिबेशनमा स्वागत मानकुमार श्रेष्ठले गरेका थिए ।
सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित
सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com
संचालक :- उत्सव आचार्य
प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली