logo bikalpa
२२ जेष्ठ २०८०, सोमबार
२२ जेष्ठ २०८०, सोमबार

माओवादीले ल्याएका उपलब्धिको जस अरुले लिए– किसन गैह्रे

cropped-bs-author.jpeg
खगेन्द्र पराजुली
प्रकाशित मिति:
२५ चैत्र २०७९, शनिबार
Share it

खगेन्द्र पराजुली,
नवलपुर, चैत २५ ।
नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं नवलपुर जिल्ला ईन्चार्ज किसन शर्मा गैह्रेले पार्टीले सरकारमा रहदा नरहदा गरेका जनपक्षीय गतिविधिलाई जनतामाझ बुझाउन आग्रह गरेका छन् । आज शनिवार देवचुलीमा आयोजित महिला भेलालाई सम्वोधन गर्दै नेता गैह्रेले पार्टीका सकारात्मक र रचनात्मक कार्यको प्रचारप्रसार हुन नसक्दा त्यसको जस अन्य पार्टीले लिएको बताएका छन् ।
उनले पार्टीले सञ्चालन गरेको २ महिने अभियान माओवादी पार्टीसँग जनता कार्यक्रममार्फत टोल–टोलमा सन्देश लैजान पार्टी कार्यकर्तालाई आग्रह गरेका हुन् ।
नेता गैह्रेले पार्टीमा आवद्ध महिला नेता कार्यकर्ताहरुलाई विभिन्न संस्थागत नेतृत्व र विकास निर्माणका कार्यमा शसक्त उपस्थिति र जिम्मेवारी सहित जोड्न स्थानीय स्तरमा नेतृत्व गरेका नेताहरुले पहलकदमी भूमिका निर्वाह गर्न समेत निर्देशन दिए ।
भेलाले अखिल नेपाल महिला संघ क्रान्तिकारीको नयाँ देवचुली नगर समिति गठन गरेको छ । दलदलेमा सम्पन्न महिला भेलाले सुनिता बसेल क्षेत्रीको अध्यक्षतामा ३१ सदस्यीय नगर समिति गठन गरेको पार्टीका देवचुली अध्यक्ष सत्यनारायण भुसालले बताए ।
समितिको उपाध्यक्षमा डिला भुसाल, मैना रायमाझी, देवकी दाहाल चयन भएका छन् भने सचिवमा लक्ष्मी तिवारी सहितको ३१ सदस्यीय समिति सर्वसम्मत बनेको भुसालले बताए ।
भेलामा पार्टीका बैकल्पिक केन्द्रिय सदस्य एवं जिल्ला संयोजक बालकृष्ण रानाभाट, प्रदेश साँसद दमयन्ती रुचाल, महिला संघका केन्द्रीय सदस्यहरु सरला पोखरेल, प्रेमा खनाल, पार्वती आचार्य लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचारहरु

विकल्प संदेश 

सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित

सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com

संचालक :- उत्सव आचार्य 

प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली

 


समाचार
थप जानकारी
प्रतिलिपि अधिकार ©२०२१ विकल्प नवलपुर मिडिया प्रा. लि, सर्वाधिकार सुरक्षित
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram