खगेन्द्र पराजुली,
नवलपुर, चैत २६ ।
चैत १७ गतेदेखि सञ्चालित माध्यमिक शिक्षा परीक्षा एसईईको प्राविधिकतर्फ बाहेकको परीक्षा आज सकिएको छ । यसैबीच, नवलपुर सदरमुकाम कावासोतीको वडा नं. ४ हसौराको सरस्वती नमूना माध्यमिक विद्यालयका एसईईमा सहभागी परीक्षार्थीले परीक्षा सकिएको दिन आफुहरु सहभागी भएको परीक्षा केन्द्रस्थल विद्यालय वरपर सरसफाई गरेका छन् ।
कावासोती नगरपालिका वडा नं. ३ को जीवनज्योति माध्यमिक विद्यालयको सरसफाई गरेका हुन् । विद्यार्र्थी एन्जल सापकोटा र भावना भण्डारीको अगुवाईमा केन्द्राध्यक्षलाई धन्यवाद ज्ञापन सहित विद्यालय परिसरको सरसफाई समेत गरी फर्किएका सरस्वती नमूना माविका प्रधानाध्यापक विष्णुप्रसाद न्यौपानेले जानकारी दिए ।
सौहार्दपूर्ण बातावरणमा परीक्षा सम्पन्न गर्न सफल भएको भन्दै विद्यार्थीले केन्द्राध्यक्ष सुमित्रा लम्साललाई धन्यवाद ब्यक्त गरेका हुन् । त्यसलगत्तै केन्द्राध्यक्ष लम्सालले सरस्वती नमूना माविका विद्यार्थीलाई शैक्षिक सफलता र उज्जवल भविश्यको शुभकामना ब्यक्त गरिन् । छोटो औपचारिक कार्यक्रमपछि सरस्वतीका विद्यार्थीले विद्यालयमै रहेका डस्टविन बोकेर विद्यालय वरपरको परिसरमा सरसफाई गरे ।
सरसफाईमा सहभागी विद्यार्थी एन्जल सापकोटाले परीक्षामा सहभागी हुन आउँदै गर्दा जानेर वा अन्जानमा आफुहरुबाट फोहोर भएको हुँदा यसले शैक्षिक क्षेत्रको वातावरण नराम्रो देखिएको महसुस भएपछि सरसफाईमा सहभागी भएको बताए ।
अर्की छात्रा भावना भण्डारीले आफ्नो विद्यालय छोडेर अर्को विद्यालयमा परीक्षा दिन आउँदा सुरुमा डर लागेजस्तो भए पनि केन्द्राध्यक्ष सहित परीक्षामा खटिएका शिक्षक कर्मचारीको सरल ब्यवहारले सजिलै घुलमिल भएको अनुभव सुनाईन् ।
सरसफाईमा सरस्वतीबाट परीक्षामा सम्मिलित १ सय ६ जना विद्यार्थी सहभागी थिए ।
कावासोती ४ को सरस्वती नमूना मावि, कावासोती ८ को जनकल्याण मावि, कावासोती ३ को सहिद स्मृति मावि र कावासोती ५ को कालिका मावि गरी ४ वटा विद्यालयका २ सय २८ मध्ये २ सय २४ जना विद्यार्थी परीक्षामा सहभागी रहेका केन्द्राध्यक्ष सुमित्रा लम्सालले बताईन् । यहाँ ३ जना बौद्धिक अपाङ्ता भएका ३ जना परीक्षार्थी समेत सामेल थिए ।
४ वटै विद्यालयबाट सहभागी परीक्षार्थीले शान्त र मर्यादित रुपमा परीक्षा सम्पन्न गरेका केन्द्राध्यक्ष लम्सालले बताईन् ।
सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित
सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com
संचालक :- उत्सव आचार्य
प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली