नवलपुर, चैत २७ ।
नवलपुरको कावासोती नगरपालिकाले कावासोती –१५, का किसानलाई कृषि सामाग्री बितरण गरेको छ । नगरपालिका कृषि शाखाद्वारा चैते धान बालिको पकेट विकास कार्यक्रम अन्र्तगत वडा भित्रका १ सय ५० जना किसानलाई विद्युतीय स्प्रे ट्याङ्की बितरण गरेको हो । कार्यक्रम अन्र्तगत सोही वडाका किसानका लागि ६ थान मिनी टिलर समेत बितरण गरिने कावासोती नगरपालिका कृषि शाखा प्रमुख शिवनारायण कुमालले बताउनुभयो ।
कृषि सामाग्री आज वडा कार्यालयमा एक कार्यक्रमका बिच कृषकहरूलाई बितरण गरिएको छ । नगर उप प्रमुख फूलकुमारी थनेतले कृषकलाई कृषि सामाग्री स्पे्र ट्याङ्की बितरण गर्नुभएको थियो । कृषि सामाग्री बितरण गर्दै नगर उप प्रमुख फूल कुमारी थनेतले पालिकाले कृषिका लागि विभिन्न कार्यक्रम सञ्चालन गरि कृषकहरूलाई उत्पादन बढाउन र उत्पादन लागत घटाउन सहयोग गर्दै आएको बताउनुभयो । चैते धान पकेट कार्यक्रमबाट कृषकलाई सहयोग पुर्याए जस्तै क्षेत्रगत रुपमा माछा पकेट, आलु पकेट सहित विभिन्न पकेट विकास कार्यक्रम सञ्चालन गरि उत्पादन बढाउन कृषकलाई सहयोग गर्दै आएको बताउनुभयो । कृषि सामाग्री वितरण गर्दै उहाँले अर्गानिक उत्पादनमा जोड दिन कृषकलाई आग्रह गर्नुभयो । कडा खालका रासायनिक विषादी प्रयोग गर्दा मानव स्वास्थ्यमा नकारात्मक असर पुग्ने भन्दै अर्गानिक उत्पादनमा जोड दिनुभयो ।
सोही कार्यक्रममा बोल्दै कावासोती १५ का वडा अध्यक्ष तेजकुमार श्रेष्ठले आफ्नो वडा कृषिका लागि सम्भावना भएको र निम्न आयस्तर भएका कृषकहरू भएकाले थप अनुदानका कार्यक्रम सञ्चालन गरि किसानलाई सहयोग पुर्याउन नगरपालिकालाई आग्रह गर्नुभयो ।
वडा भित्रका किसानलाई ५० प्रतिशत अनुदानमा कृषि सामाग्री बितरण गरिएको शाखा प्रमुख कुमालले बताउनुभयो । उहाँका अनुसार प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट चालु आवमा प्राप्त अनुदान कार्यक्रम अन्र्तगत चैते धान बालीको साना व्यवसायिक उत्पादन केन्द्र (पकेट) विकास कार्यक्रम कावासोती १५ मा ३० बिघामा क्षेत्रफलमा सञ्चालित छ । कार्यक्रम कावासोती नगरपालिका कृषि विकास शाखा मार्फत सिंहनाथ बहुउद्देश्यीय संस्था लिमिटेडले कार्यान्वयन गरेको छ ।
यसै कार्यक्रम मार्फत कृषकलाई चैत धानको बिउ बितरण, तीन स्थानमा सिँचाइका लागि बोरिङ निर्माण, विभिन्न प्रकारका भिटामिन र विषादी बितरण, कृषकका लागि विभिन्न तालिम प्रदान गरिएको शाखा प्रमुख कुमालले बताउनुभयो । कुल १२ लाख रुपैयाँको बजेटमा चैत धान बालीको पकेट विकास कार्यक्रम सञ्चालन भएको हो । यस कार्यक्रम अन्र्तगत प्रकृति हेरी विभिन्न सामाग्रीमा ५० देखि ८५ प्रतिशत सम्म कृषकलाई अनुदान बितरण गरिएको छ
सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित
सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com
संचालक :- उत्सव आचार्य
प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली