logo bikalpa
१८ मंसिर २०८०, सोमबार
१८ मंसिर २०८०, सोमबार

नारायणगढ–वुटवल निर्माण कार्य अपेक्षित प्रगति छैन मन्त्री भन्छन्–आशावादी छौं

cropped-bs-author.jpeg
खगेन्द्र पराजुली
प्रकाशित मिति:
२७ चैत्र २०७९, सोमबार
Share it

खगेन्द्र पराजुली, नवलपुर, चैत २७ ।
उपपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालगायतका उच्चस्तरीय टोलीले बुटवल नारायणगढ सडकखण्ड स्थलगत निरीक्षण गरेका छन् ।
अन्तर्राष्ट्रिय कनेक्टिभिटीको रुपमा मानिएको सडक स्तरोन्नतिको कार्य सुस्त गतिमा भैरहेको गुनासा पुगेपछि नवनियुक्त भौतिक पुर्वाधार तथा यातायातमन्त्री ज्वाला सहित गृहमन्त्री श्रेष्ठ निरीक्षणमा आएका हुन् ।
निरिक्षण टोलीमा चिनियाँ राजदूत चेन सोङ, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा, सडक विभागका महानिर्देशक सुशीलबाबु ढकाल लगायतको उच्चस्तरीय टोली स्थलगत निरीक्षण सहभागी थिए ।
आइतवार पृथ्वीराजमार्ग अन्तर्गत पोखरा–मुग्लिङ सडकको स्थिति निरिक्षण गरेको टोलीले सोमवार नारायणगढ–बुटवल खण्डको पुरै भाग मोटरको यात्रा गर्दै निरीक्षण गरे ।
स्थलगत निरिक्षणकै क्रममा मन्त्री ज्वालाले अपेक्षित प्रगति नभएको बताए । यद्यपि, अगिल्लो चरणमा भन्दा अहिले कामको गति वढेको बताए । “यो काम जुन गतिमा हुन पर्थ्यो, जुन तिव्रताका साथ हुनु पर्थ्यो, एक पटक त म्याद नै थपिसकिएको छ भनेपछि कामको प्रगति त कमजोर छ भन्ने कुरा यसले पुष्टि नै गर्छ । ढिलो त भयो यद्यपि पछिल्लो समयमा कतिपय ठाउँहरुमा कन्ट्रक्सनका कामहरु अलिकति तिव्र रुपमा हुँदा हामी आशावादी छौं” उनले भने ।
उनले भने–“हामीले भर्खरै यो निरीक्षण गरेका छौं । मैले जिम्मेवारी सम्हालेको पनि धेरै भएको छैन । चिनिया कम्पनीको निर्माण जिम्मा र एडीवीको आर्थिक सहयोग रहेको यो सडकलाई पहिलो प्राथमिकतामा राखेर नजिकबाट जान्न र बुझ्न स्थलगत निरीक्षण गरेका हौं । कामको प्रगति, निर्धारित समयमा सम्पन्न हुने नहुने, काममा वाधा, अप्ठ्यारा, समस्या र चुनौतीका बारेमा बुझेका छौं ।”
मन्त्री ज्वालाले निरीक्षण अध्ययनपछि मन्त्रालय, अन्तर मन्त्रालय, कन्सल्ट्याण्ट र कन्ट्रक्सनका प्रतिनिधिबीचको अन्तरक्रिया गरेर त्यसका आधारमा निष्कर्ष निकाल्ने अभिब्यक्ति दिएका छन् ।
अनुगमनकै क्रममा कावासोती रोकिएका मन्त्री श्रेष्ठ थारु संग्रहालय डण्डामा माओवादी केन्द्रका कार्यकर्ताले आयोजना गरेको स्वागत कार्यक्रममा पुगेका थिए भने मन्त्री ज्वाला कालीगण्डकी चोकस्थित नेकपा एसको पार्टी कार्यालयमा पुगेर जिल्लाका पार्टी कार्यकर्तासँग भेट गरेका थिए । त्यसलगत्तै निरीक्षण टोली वुटवलतर्फ लागेको हो ।

सम्बन्धित समाचारहरु

विकल्प संदेश 

सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित

सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com

संचालक :- उत्सव आचार्य 

प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली

 


समाचार
थप जानकारी
प्रतिलिपि अधिकार ©२०२१ विकल्प नवलपुर मिडिया प्रा. लि, सर्वाधिकार सुरक्षित
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram