logo bikalpa
१४ मंसिर २०८०, बिहीबार
१४ मंसिर २०८०, बिहीबार

रजहर प्राकृतिक चिकित्सालयका निर्देशक डा. पौडेल प्रवल जनसेवाश्रीबाट विभुषित

cropped-bs-author.jpeg
खगेन्द्र पराजुली
प्रकाशित मिति:
१ बैशाख २०८०, शुक्रबार
Share it

खगेन्द्र पराजुली,
नवलपुर, बैशाख १ ।
रजहर प्राकृतिक चिकित्सालयका निर्देशक डा. बिनोद पौडेल प्रवल जनसेवाश्रीबाट विभुषित भएका छन् । स्वास्थ्यतर्फ प्राकृतिक चिकित्सा र प्रशिक्षण एवं सचेतना जागरण अन्तर्गत स्वस्थ जीवनशैलीका सन्दर्भमा योगदान पुर्याए वापत डा. पौडेल उक्त मानपदवीबाट विभुषित भएका हुन् ।
पौडेलले राष्ट्रपति भवन शितल निवासमा आज शुक्रवार आयोजित विशेष समारोहमा मानपदवी ग्रहण गरे । ०७९ असोज ३ गते निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले घोषणा गरेको सम्मान राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ वर्ष २०८० को अवसरमा आयोजित समारोहमार्फत प्रदान गरेका हुन् ।
प्रवल जनसेवाश्रीबाट विभुषित डा. पौडेलले प्राकृतिक चिकित्सालयको निर्देशक रहेर सेवालाई निरन्तरता दिदै आएका छन् । विशेष गरी दिर्घरोगका कारण पिडा भोगेका विरामीको सफल उपचार र आहार–विहार, योगा–ब्यायाम, ध्यान–प्रणायाममार्फत शारीरिक र मानसिक स्वस्थ जीवनका लागि आवश्यक जीवनशैली अवलम्वनका विषयमा जागरण ल्याउने उदेश्यका साथ प्रशिक्षकको भूमिकामा डा. पौडेल सक्रिय छन् ।
यस दौरानमा प्राकृतिक पद्धतिबाट स्वदेशी तथा विदेशी विरामीको सेवा गर्ने अवसर मिलेको अनुभव उनको छ । यस्तै, नेपाल, भारत सहित युरोपका वेलायत लगायतका देशहरुमा दिर्घरोगी लक्षित १ सय ५० भन्दा धेरै प्रशिक्षणमार्फत स्वस्थ जीवनशैलीका बारेमा सचेतनात्मक गतिविधिमा संलग्न रहेको पौडेल बताउँछन् ।
२०७९ सालको संबिधान दिवसको उपलक्ष्यमा समाजका विभिन्न क्षेत्रका ७ सय २८ व्यक्तित्वलाई विभिन्न मानपदवी प्रदान गर्ने घोषणा भएको थियो । जसअन्तर्गत ३ सय १६ जनाले प्रबल जनसेवाश्री पदवी पाएका छन् ।

सम्बन्धित समाचारहरु

विकल्प संदेश 

सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित

सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com

संचालक :- उत्सव आचार्य 

प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली

 


समाचार
थप जानकारी
प्रतिलिपि अधिकार ©२०२१ विकल्प नवलपुर मिडिया प्रा. लि, सर्वाधिकार सुरक्षित
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram