logo bikalpa
२२ जेष्ठ २०८०, सोमबार
२२ जेष्ठ २०८०, सोमबार

देवचुली नगर अस्पतालमा एकैदिन सम्हाले ११ जनाले कार्यभार

cropped-bs-author.jpeg
खगेन्द्र पराजुली
प्रकाशित मिति:
४ बैशाख २०८०, सोमबार
Share it

खगेन्द्र पराजुली,
नवलपुर, बैशाख ४ ।
देवचुली नगर अस्पतालमा ११ जना नयाँ स्वास्थ्यकर्मीले आईतवारबाट कार्यभार सम्हालेका छन् ।
नगर अस्पतालबाट प्रवाह हुने सवै सेवालाई २४ सै घण्टा सञ्चालनमा ल्याउने तयारीका साथ नयाँ वर्ष प्रारम्भसँगै परीक्षाबाट छनौट भएका उनीहरुलाई बैशाख ३ गतेदेखि नै जिम्मेवारी दिईएको अस्पतालका प्रमुख चित्र सुनारले बताए ।
चैत महिनामा विभिन्न पदमा स्वास्थ्य शाखा देवचुलीले सञ्चालन गरेको परीक्षाबाट नाम निकालेका १२ मध्ये ११ जनाले आजदेखि पदीय म्मिेवारी सम्हालेका हुन् । कुल २२ जना कर्मचारी आह्वान गरिएकोमा थप १० जनाको नतिजा सार्वजनिक हुन बाँकी छ ।
कार्यभार सम्हाल्नेमा डाक्टर ३ जना, हेल्थ असिस्टेण्ट, २ जना, स्टाफ नर्स १ जना, प्रयोगशाला प्राविधिक २ जना र औषधि कक्षमा फार्मेसी सहायक ३ जना गरी ११ जना उपस्थित भए । छनोट भएकामध्ये एम्बुलेन्स चालक १ जना आज अनुपस्थित रहेका अस्पताल प्रशासनले जनाएको छ ।
नर्सिङ÷अनमी ३ जना, कम्प्युटर अपरेटर ४ जना र कार्यालय सहयोगी ३ जना गरी १० जनाको नतिजा आउन बाँकी छ ।
अस्पतालमा यसअघि २६ जना स्वास्थ्य कर्मचारीले सेवा प्रवाह गर्दै आएका थिए । बैशाख महिनाभित्रमा बाँकी कर्मचारी भर्ना सम्पन्न भईसकेपछि सोही अनुसार अस्पतालबाट प्रवाह गर्ने सेवालाई २४ सै घण्टा सञ्चालन गरिने प्रमुख सुनार बताउँछन् ।
अहिले यहाँबाट २४ सै घण्टाको सेवा अन्तर्गत आकस्मिक र प्रसुती सेवा मात्र सञ्चालनमा छ ।  बहिरंग, प्रयोगशाला, एक्स–रे सहितका सेवा कार्यालय समयसम्म मात्रै चल्ने गरेको छ भने भिडियो एक्स–रे सेवा सातामा २ दिन प्रवाह हुन्छ ।

सम्बन्धित समाचारहरु

विकल्प संदेश 

सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित

सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com

संचालक :- उत्सव आचार्य 

प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली

 


समाचार
थप जानकारी
प्रतिलिपि अधिकार ©२०२१ विकल्प नवलपुर मिडिया प्रा. लि, सर्वाधिकार सुरक्षित
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram