logo bikalpa
२२ जेष्ठ २०८०, सोमबार
२२ जेष्ठ २०८०, सोमबार

अरुणखोलामा स्वास्थ्यकर्मीलाई ५ दिने मानसिक स्वास्थ्य सम्वन्धि तालिम सुरु

cropped-bs-author.jpeg
खगेन्द्र पराजुली
प्रकाशित मिति:
४ बैशाख २०८०, सोमबार
Share it

खगेन्द्र पराजुली,
नवलपुर, बैशाख ३ ।
स्वास्थ्य कार्यालय नवलपुरले अरुणखोलामा ५ दिने मानसिक स्वास्थ्य तालिम सञ्चालन सुरु गरेको छ । मेडिकल अधिकृत डाक्टरहरु र  हेल्थ असिस्टेण्टलाई लक्षित गरेर आईतवारदेखि ५ दिने तालिम सञ्चालन गरेको स्वास्थ्य कार्यालय नवलपुरका सूचना अधिकारी मुक्तिनाथ भटराईले जनाकारी दिए ।
मध्यविन्दु १० अरुणखोला स्थित आयुर्वेद केन्द्र नवलपुर को सभाहलमा भएको तालिममा २३ जना सहभागी छन् । गैंडाकोट, देवचुली, कावासोती र विनयी त्रिवेणीका सरकारी स्वास्थ्य संस्थाबाट सहभागीता रहेको छ ।
सहभागीलाई  मध्यविन्दु जिल्ला अस्पतालका मानसिक रोग विशेषज्ञ डा. गीता सुवेदी, मध्यविन्दु जिल्ला अस्पतालका फिजिसियन डा. कमलराज न्यौपान र मध्यविन्दु नगर अस्पताल चोरमाराका मेडिकल अधिकृत एवं विशेष तालिम प्राप्त डा. नन्दलाल रानामगरले प्रशिक्षकका रुपमा सहजीकरण गरेका छन् ।
अझै पनि समाजमा मानसिक रोगका विरामी अस्पतालको पहुँचभन्दा बाहिर परम्परागत अन्धविश्वासको उपचार पद्धतिमा रुमल्लिएको यथार्थतालाई मध्यनजर गर्दै प्रथम चरणमा सम्पर्कमा आउने स्वास्थ्य संस्था र त्यहाँ कार्यरत स्वास्थ्यकर्मीले त्यस्ता प्रकृतिका विरामीको आनीबानी चालचलन र प्रस्तुतिकरणका विषयमा ख्याल गर्दै मानसिक स्वास्थ्य अवस्था समेत पहिचान गरी उनीहरुलाई सोही अनुसार उपचारको दायरामा ल्याउन अभिप्रेरित गर्नु तालिमको मुल उदेश्य रहेको स्वास्थय कार्यालय प्रमुख केशवप्रसाद चापागाईले बताए ।
तालिमको औपचारिक सुरुवातको अध्यक्षता स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशवप्रसाद चापागाईले गरेको थिए भने सञ्चालन सूचना अधिकारी मुक्तिनाथ भटराईले गरेेका थिए ।

सम्बन्धित समाचारहरु

विकल्प संदेश 

सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित

सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com

संचालक :- उत्सव आचार्य 

प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली

 


समाचार
थप जानकारी
प्रतिलिपि अधिकार ©२०२१ विकल्प नवलपुर मिडिया प्रा. लि, सर्वाधिकार सुरक्षित
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram