logo bikalpa
२२ जेष्ठ २०८०, सोमबार
२२ जेष्ठ २०८०, सोमबार

नवलपुरमा तुवाँलोको असरः जनजीवन प्रभावित

cropped-bs-author.jpeg
खगेन्द्र पराजुली
प्रकाशित मिति:
४ बैशाख २०८०, सोमबार
Share it

खगेन्द्र पराजुली,
नवलपुर, बैशाख ४ ।
नवलपुरमा केही दिनदेखि धुलो र धुँवाजन्य तुवाँलो फैलिएको छ । बिहान र बेलुकीको समयमा बाक्लो र असरदार तुवाँलोले स्थानीयको जनजीवन र स्वास्थ्य अवस्था प्रभावित बनेको छ ।
सुख्यायाममा बन–जंगलमा लागेको डढेलो र निर्माणाधिन बुटवल–नारायणगढ सडक खण्डबाट फैलिएको प्रदुषित धुवाँ–धुलोले यहाँ वसोवास गर्ने मानिसदेखि यात्रा गर्ने यात्रु समेत आजित बनेका छन् ।
असरदार तुवाँलोका कारण श्वासप्रश्वास, दम, नाक र आँखाका समस्याका विरामी बढेका सामान्य औषधि पसलदेखि अस्पतालका सम्वन्धित ब्यवसायी एवं जिम्मेवार स्वास्थ्यकर्मीले जनाएका छन् ।
नवलपुरमा करिब १ महिनादेखि हालसम्म करिब ७ सय हेक्टर वन क्षेत्रमा डढेलो लागेको डिभिजन बन कार्यालयले जनाएको छ ।
डिभिजन वन कार्यालयका सूचना अधिकारी हरि गौतमका अनुसार जिल्लाको तल्लो क्षेत्रमा लागेको आगो छिटो नियन्त्रणमा लिन सकेपनि पहाडी क्षेत्रको डढेलो नियन्त्रणमा लिन कठिनाई हुने गरेको छ । भौगोलक अवस्थाका कारण जनशक्ति पुग्न ढिलाई हुँदा डढेलोले धेरै क्षेत्रफल ओगट्ने गरेको बताए ।
डिभिजन वन कार्यालयका प्रमुख मोहनप्रसाद काफ्लेले बनमा डढेलो लाग्दा बन पैदावर मात्रै नष्ट हुने नभई बनमा आश्रित जीव–जन्तु, पशु–पंक्षी, जडीवुटी, पानीको मुहान–स्रोत र मानव समेतको स्वास्थ्यमा प्रत्यक्ष असर पर्नुका साथै अप्रत्यक्ष रुपमा पर्यावरण, जलवायुमा समेत प्रतिकुल प्रभाव पर्ने भएकाले यस्ता विषयमा संबेदनशील भएर सचेतना अपनाउन आग्रह गरेका छन् ।

सम्बन्धित समाचारहरु

विकल्प संदेश 

सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित

सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com

संचालक :- उत्सव आचार्य 

प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली

 


समाचार
थप जानकारी
प्रतिलिपि अधिकार ©२०२१ विकल्प नवलपुर मिडिया प्रा. लि, सर्वाधिकार सुरक्षित
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram